हेलम्वु गाउँपालिकाले चैत्रमै सक्यो असारे बजेट


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको  हेलम्बु गाँउ पालीकामा बृद्धाश्रम खोल्न प्रतिबन्ध गरिने भएको छ । गाँउपालीका अध्यक्ष  निमा ग्याल्जेन शेर्पा ले यस अघी नै आफ्ना बृद्ध भएका माता पिता पाल्न  नसकेर बृद्धाश्रममा राखेको आरोप लागी रहेकाले यस तर्फ बिशेष पहल गर्ने बताइ रहनु भएको थियो । पालीकाको को अगुवाइमा आश्रमको सटटा बिश्राम स्थल बन्ने भएको छ । जसमा दिन भरी बृद्ध,बृद्धाहरु बिश्राम तथा आरम गरेर बस्ने छन आआफनो तिता मिठा अनुभब एक अर्का सँगा साटासाट गर्ने छन मनोरन्जनको बयबस्था खानेपानी तथा आबश्यक सुबिधायुक्त दिवा आराम स्थलको ब्यबस्था गरिने छ । । हाललाइ हेलम्बू गाउँपालीका  वडा नं यो आराम स्थलको निर्माण गरि संञ्चालनमा  ल्याएको छ । पालीकाका अध्यक्ष  शेर्पाले  आगामी दिनमा  सबै वडा र टोलमा  आबश्यकता अनुसार  आराम स्थलको निर्माण गरेर  सञ्चालन गर्ने योजना रहेको बताउँनु भएको छ ।  यती मात्र होइन आरम स्थलमा  दिनभरि गाउँका ज्येष्ठ नागरिक आउने ,् दिनभरि कुराकानी गरेर टिभी हेरेर बस्ने गरेका छन् । गाउँपालिकाले नै दिउँसोको खाजाको व्यवस्था गरेको छ । आफैँ घर जान र स्थलमा आउँन नसक्ने  ज्येष्ठ नागरिकलाई आशबश्यकता हेरेर गाउँपालिकाका कर्मचारीले नै बेलुका घर सम्म लगिदिने ब्यबस्था गरेको छ ।
यसै गरीे  हेलम्बु गाउँपालिकाले ०७५र७६ को बजेटअनुसारका सबै योजना चैत मसान्तभित्रै सम्पन्न गरि सकेको छ। अध्यक्ष निमा ग्याल्जेन शेर्पाका  अनुसार बिकाशका कामहरु बर्षादको समयमा गर्दा पारदर्शिता नहुने र स्थाइत्व कामको लागी पनी  समयमा नै काम गर्ने परिपाटी बसाल्न पर्ने बताउँनु भयो । असार१०गते  बसेको हेलमबु गाँउपालीकाले तेस्रो गाउँसभा गरि आफनो पालीकाको  नीति कार्यक्रम तथा बजेट पारित गरेको थियो । गाउँसभाले बजेट पारित गरेसँगै योजनाको ठेक्का सम्झौता गर्न आह्वान गरेको थियो । ‘ यसका लागि हेलम्बु सरकारले आर्थिक ऐन बनाएर योजना सम्झौता गर्ने समयसीमा तोकेको थियो । त्यसपछि सम्झौतामै भदौ–असोजमा योजना कार्यान्वयनमा ल्याउनुपर्ने उल्लेख गरेको थियो । उपभोक्ता समितिसँग पनि असोजभित्रै कार्यान्वयन तहमा जानुपर्ने सम्झौता गरेको थियो ।‘योजना सम्झौता गर्दा नै चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोेकेका थियौैँ । त्यहीअनुसार सबैले काम सम्पन्न गरेको गाँउपालीकाका प्रमुख प्रशाशीकय प्रमुख भिम कोइरालाले बताउँनु भयो ।   पालीकाकासबै योजना सम्पन्न भएका छन् । केही छुटफुट योजनाको मात्रै भुक्तानी  बाँकी छ । हेलम्बुले चालू आर्थिक वर्षका ३८ करोड २९ लाख ५३ हजारको बजेट ल्याएको थियो ।

हेलम्बु सरकारले आफ्नो बजेटअन्तर्गका योजना सम्पन्न गरेपछि संघ र प्रदेश सरकारले बजेट विनियोजन गरेको योजनाको भने काम हुँदै छ । संघले र प्रदेशले बजेट पठाउन ढिला गरेकाले काम भइरहेको अध्यक्ष शेर्पाले जानकारी दिनु भयो ।

, , , ,