शुक्रबार देखी मुख्य मन्त्री जनतास्वास्थ्य परिक्षण चौतारामा शुरु हुने


लोकप्रियसमचार
शुक्रबार देखी  “मुख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रम चौतारा अस्पतालमा शुरु हँदै छ ।

बिशेष गरि सिन्धुपाल्चोक जिल्ला बाट प्रदेश नं ३का समाजीक बिकाश मन्त्री युबराज दुलालको बिशेष सक्रियतामा  यो कार्यक्रम लागु भएको  र यसको शुक्रबार सिन्धुपाल्चोक जिल्ला अस्पतालमा औपचारिकरुपमा उद्धघाटन हुँदै छ ।
बिशेषगरी विपन्न, लोपोन्मुख तथा अल्पसंख्यक जातिहरू, दलित, महिला स्वास्थ्य स्वयंसेविका, शहिद तथा बेपत्ता परिवार, सशस्त्र द्वन्द्वका घाइतेलाई निःशुल्क स्वास्थ्य परीक्षण गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी दिन कार्यक्रम सुरुगरिएको स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका डा पोमावती थापाले बताउँनु भयो । उँहाका अनुसार ,बिभिन्न कारण आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारीसमेत लिन नसक्ने समूहलाई लक्षित गरी प्रदेश सरकारले विभिन्न नसर्ने रोगको पहिचान गर्ने गरी कार्यक्रम ल्याएको हो ।
मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण  गर्नका लागी वडाअध्यक्षहरूबाट सिफारिस लिनुपर्नेछ । यो सुबीधा  लिनका लागी सिन्धुपाल्चोकमा  चौतारा अस्पताल छनौट भएको छ भने  हेटौंडामा हेटौडा अस्पताल, धादिङमा  धादिङ अस्पताल, भक्तपुरमा भक्तपुर अस्पतालसिन्धुलीमासिन्धुली अस्पतालले स्वास्थ्य परीक्षण गर्ने  ब्यबस्था मिलाइएकोछ । हेटौंडा  भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली र धादिङ  गरि ५वटा जिल्लाका १ र १ वटा स्थानीय तहका लक्षित समूहलाई निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने निती अनुसार चौतारासाँगाचोकगढी भित्र रहेका १४वटा वडाले यसको सुबिधा पाउँने  चौतारा अस्पताल ब्यबस्थापन तथा संञ्चालन समितीका अध्यक्ष इश्वरी प्रसाद श्रेष्ठले बताउँनु भयो । प्रदेश नं ३सरकार बिशेष गरि सामाजीक बिकाश मन्त्रीको पहलमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालीका भित्रका  १४वटै वडाका नागरिकले यो सुबिधा पाएकोमा आफुलाइ खुशी लागेको  चौतारा साँगाचोकगढी नगरपालीकाका प्रमुख अमानसिंह तामाङ्गले बताउँनु भयो  ।
उँहाले  यस सँगै एक बिद्यालय एक नर्स को अबधाराणा ल्याएर नागरिकको स्वास्थ्य प्रती सामाजीक बिकाश मन्त्रालयले  उदाहरिणीय काम गरेको समेत बताउँनु भयो ।संघीय सरकारले नसर्ने रोगबाट प्रभावितहरूका लागि स्वास्थ्य उपचारमा सहुलियत समेत प्रदान गरिरहेको सन्दर्भमा प्रदेश सरकारले निश्चित समूहलाई स्वास्थ्य समस्या पहिचान गर्न सहयोग गर्दै आवश्यकता अनुसार संघीय सरकारको कार्यक्रमबाट समेत फाइदा  लिन परामर्श सेवा प्रदान गर्न सकिने सामाजिक बिकाश मन्त्री दुलालले बताउनुभयो।

, , , , ,