चौताराबहुमसखी क्याम्पसको सधारण सभा सम्पन्न कुष्णराज श्रेष्ठ पुन निर्बाचित


नेत्र बहादुर बस्नेत
चौतारा बहुमुखी क्याम्पसको १३औ साधरण सभा सम्पन्न भएको छ । शनीबार भएको साधारण सभाले कुष्णराज श्रेष्ठलाइ फेरी पनी अध्यक्षमा निर्बीरोध निर्बाचीत गरेको छ चौतारा बहुमुखी क्याम्पसको १३ औं साधारण सभा एवम छैठौं अधिवेसन प्रदेस नं ३का मुख्य मन्त्री को  प्रमुख अतीथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्धघाटन गर्दै मुख्य मन्त्री डोर मणी पौडेलले परिबर्तन चाहानेले पहिले आफैबाट परिबर्त हुन जरुरी रहेकोे बताउँनु भएको छ ।

उँहाले २०३६साल देखी शिक्षा क्ष्ोत्रबाट परिबर्तनका लागी आन्दोलन गरेको भएता पनी  अहिले सम्म खाशै परिबर्तन हुन नसकेको बताउादै आफु चाही परिबर्तन नहुने संस्कार र परम्परालइ निरन्तरता दिने अरुलाइ परिर्बतन गर भन्ने परिपाटीका कारण परिबर्तन हुन नसकेको बताउँनु भयो । अब पनी परिबर्तन नभए कहिल्यै पनी हन नसक्ने बताउँदै कम्युनिष्टको सरकार हुँदा पनी  परिबर्तनकारी काम गर्न सकिएन भने आफुहरुमा पनी परिबर्तन नदेखीने बताउँनु भयो ।
   बिदेशी उत्पादनलाइ प्रथमिकता दिइर स्वदेशी उत्पादनलाइ ओझेलोमा पार्न नहुने बताउँनु भयो । आफु शिक्षा क्षेत्रमा लागी रहदा ििशक्षामा धेरै भ्रष्टचार हुने गरेको भन्ने बिषयला नपत्यउँदा नपत्याउँदे पनी ५० प्रतिशत भन्दा बढी भ्रष्टाचार हुने गरेको आफुले पाएको बताउँनु भयो ।
उँहाले समयमा बिद्यालयमा नआउँने आए पनी हरेक शिकाइको प्रेडमा समय बचत गर्ने  अनप्ी पढाइ गर्ने समयमा आन्दोलन भन्दै  हिड्ने कार्य सबै भन्दा ठुलो भ्रष्टचार भएकोले यस तर्फ सबैले सचेत भएर काम गर्न पर्ने बताउँनु भयो । समाजीक बिकाश मन्त्री युबराज दुलालले   ३ नं प्रदेश सरकारले शिक्षा क्षेत्रमा गरे को बिकाशका बारेमा जानकारी गराउँदै प्रयोगात्मक शिक्षमा जोड दिदै शिक्षाको बिकाशमा बजेट प्रशस्त राखी दिएको बताउँनु भयो ।
जिल्लाको सदरमुकामबाट काठमाण्डौ जाने आउँने छोटो राजमार्ग निर्माणका लागी सरकारले गरेको कामको बारेमा बताउँदै तत्काल काम शुरु गर्न सरकार अगाडी बढेको बताउँनु भयाने । गुण स्तरीय शिक्षा प्रदान गर्नका लागी सबै मिलेर अगाडी बढ्न पर्ने ,बताउँनु भयो ।  प्रदेस सभाका सदस्या मा शरेस नेपाललले सामुदायमा आधारित क्याम्पस संञ्चालन गर्न समस्या र चुनौती रहेको बताउँदै  आफु जिबीसमा रहँदा निर्माण गरेको सरचना अनुसार मात्र अनुदानको परम्परा रहेकोमा बदलिदो परिस्थीतीमा नयाँ ढङ्कबाटसमायनुकुल अनुदान बढाउँदै  अनुदानको ब्यबस्था गरेर सामुदायक बिद्यालय सञ्चालन गर्न पर्ने बताउँनु भयो । चौतारा साँगाचोक गढी नगर पालीकाका प्रमुख अमानसिंह तामाङ्गले सबैको गुरु शिक्षा भएकालें शिक्षालाइ  सम्मान गरेर अगाडी बढ्न पर्ने बताउँनु भयो ।उाहाले नगरपालीकाबाट गर्न पर्ने सहयोगमा कुनै पनी कम्जोरी हुन नदीने बताउँनु भयो । नेकपाका अध्यक्ष झम्क नेपाललले  ब्यबसायीक प्रबिधीक र सिप युक्त शिक्षाले मात्रै  मुलुकमा शिक्षीत ब्यक्तीको उत्पादन हुने भएकाले त्यस तर्फ सबै   लागी पर्नु पर्ने बताउन्ाँु भयो ।  नेपाली काँग्रेसका सचिब बिल बहादुर तामाङ्गले प्रतिस्पर्धात्मक तथा गुण स्तरिय शिक्षालाइ अगाडी बढाउँन पर्ने बताउँनु भयो । कार्यक्रममा  प्रमुख जिल्ला अधिकारीले   क्याम्पसलाइ याँहासम्म ल्याउँनका लागी पुर्बजहरुले गरेको मेहनत र परिश्रम लगानीको  मुल्याङ्कन गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा सल्लाहाकर संयोजक  पुन्य प्रसाद न्यौपाने स्वबियु सभापती मिलन लामा लगाएतले शुभकामाना मन्तब्य राख्नु भएको थियो क्याम्पस संचालक समितीका अध्यक्ष कृष्ण राज श्रेष्ठको सभापतित्वमा भएको उद्धघाटन समारोहको संञ्चालन उप प्रध्यापक डम्बर श्रेष्ठले गर्नु भएको थियो भने प्राचार्य नगेन्द्र प्रसाद दंङ्गालले क्याम्पसको प्रगती बिबरण प्रस्तुत गर्नु भएकामे थियो । कार्यक्रमको रेडीयो लोकप्रियनेत्रज्योती १०६.६ बाह्र्बिसे  लोकप्रिय रेडीयो प्लानटे ८९.१ मेगाहर्ज  चौतारा र हेलम्बु एफ एम ८९ं .६ मेगाहर्ज चौताराले प्रत्यक्ष प्रशारण गरेको थियो । कार्यक्रममा विभिन्न संघ सस्थाका व्यक्तिहरु विभिन्न वडाका वडा अध्यक्षहरु ,विभिन्न राजनितिक दलका व्यतिmहरु को उपस्थीतीमा  भब्यताका साथ बहुमुखी क्याम्पसको प्राङगणमा सम्पन्न भएको हो ।  अधिबक्ताद्धय भेषराम ढकाल, श्यामबहादुर श्रेष्ठ र उप प्रध्यापक डम्बर श्रेष्ठ रहनुभएको तिन सदस्य निर्बाचन समितीले निर्बाचन गरेको थियो   निर्बाचन समितीका सदस्य डम्बर श्रेष्ठका अनुसार कृष्ण राज श्रेष्ठ, अध्यक्ष  केशब लोचन शर्मा उपाध्यक्ष र सदस्यहरुमा  इश्वरी प्रसाद श्रेष्ठ, रामकृष्ण श्रेष्ठ,  रामकृष्ण दङ्गाल गोबिन्द प्रसाद पराजुली , यज्ञ प्रसाद दङ्गाल क्याम्पस संञ्चालक समितीमा निर्बीरोध निर्बाचित हसनु भएको छ । पुन निर्बाचीत भए पछी अध्यक्ष कृष्ण राज श्रेष्ठले सबैलाइ धन्यबाद दिदै आफनो कँधमा फेरी ठुलो जिम्वेवारी  आएकोले यो जिम्वेवारी पुरा गर्न कटीबद्ध भएर लागी पर्ने बताउँनु भयो । 

Lokpriyasamachar@. Powered by Blogger.