स्याउलेमा १५ दिने बाँसको मुडा बनाउने तालिमको समापन


निनर्मल बस्नेत
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं.१ स्याउलेमा १५ दिने बाँसको मुडा बनाउने तालिमको आज समापन भएको छ । समापनको अवसरमा वडाध्यक्ष सानुकान्छा तामाङले महिलाहरु बैदेसिक रोजगारिमा जान नपरुन् र आत्निर्भर बन्न सकुन् भन्ने हेतुले उक्त तालिको आयोजना गरिएको बताउनु भयो । समृद्ध स्याउले बनाउने क्रममा बिभिन्न सिपमूलक तालिमहरु संचालन गर्ने र सडक,बिद्युत र खानेपानीलाई व्यवस्थीत गर्ने योजना रहेको बताउनुभएको छ । तालिमपश्चात खुसी हुँदै प्रशिक्षार्थी निर्मला श्रेष्ठले भन्नुभयो अव घरमा नै बसेर घरेलु बाँसको मुडा बनाएर आत्मनिर्भर बन्न सक्छु भन्ने आसा पलाएको छ । सो तालिम छिमेकी जिल्ला काभ्रेकीतारा तामाङ थिङले कुशल प्रशिक्षकको रुपमा तालिम प्रदान गर्नु भएको थियो  । उँहाले भन्नु भयो आफूपनि १ दशक भन्दा अघिदेखी नै सिपमूलक तालिम लिएर हाल प्रशिक्षकको रुपमा काम गर्दै आईरेको छु तपाईहरु पनि भबिस्यमा प्रशिक्षक र सफल उद्यमी बन्न सक्नुपर्दछ । उक्त १५ दिने तालिममा वडाका १४ जना मलिाहरुको सहभागिता रहेको थियो । तालिममा सहभगि सम्पूर्णलाई वडाध्यक्ष सानुकान्छा श्रेष्ठले प्रमाणपत्र बितरण गर्नूभएको थियो ।

, , ,