जुगलमा भुकम्प पिडीतको सर्बेक्षण १२ गते भित्र सकिने


 लोकप्रिय समचार
सन्तोष भण्डारी ।सिन्धुपाल्चोक जिल्ला स्थित जुगल गाँउ पालीकामा भुकम्प पिडीतका लागी  नाम छुटेका र गुनासो दर्ता गरेका हरुको लागी  २०७६ बैशाख १२ गते भित्र  सर्बेक्षण गरिसक्ने निर्णय भएको छ । जुगल गाँउपालीकाका उपाध्यक्ष  श्रृजना तामाङ्गको संयोजकत्वमा  बसेको बैठकले त्यस्तो निर्णय गरेको हो ।  निजी   निबास पुननिर्माणको  लाभग्रही पहिचानको लागी  राष्टी्र्य पुननिर्माण प्राधिकरणबाट  लागत स्रङ्कलन गरी  लाभग्रही सुचीमा नपरेका तथा  लगत सङ्कलन नै हुन नसकेका  तर भुकम्पबाट  प्रभाबीत भइ  लाभग्रही सुचीमा समाबेश गराइ पाउँ भनी  निबेदन दिएका छुट  पुन जाँच सर्भेक्षण  २५ गते देखी शुरु गरी १२ गते सम्मा सक्ने भएको छ ।  तामाङ्गको संयोजकत्वमा बसेको  बसेको बेठकले कार्य बिधी समेत तैयार पारेको छ ।  वडामा कम्तीमा पनी सात जनाको सर्जीमी मुजुल्का, हुन पर्ने यसरी गरिएको मुजुल्का जनप्रतिनिधीको रोहबरमा हुन पर्ने  वडाबासीबाट भएको मुजूल्काका साथै  भग्नाबशेष स्थल देखीन पर्ने वडा सचिब र अध्यक्षको सिफारिस तथा वडाअध्यक्षको प्रत्यक्ष संग्नलग्नतामा सर्बेक्षण गरिने लगायतका कार्य बिधीहरु बनाइएको छ । सोही कार्यबिधी अनुसार २०७५चैत्र २५ गते देखी ३० गते सम्म  वडा नं १र२ २०७६बैशाख २गते देखी ८ गते सम्म वडा नं ३,४र५ बैशाख ९गतेदेखी १२ गते सम्म वडा नं ६र७ मा पुन जाँच तथा सर्बेक्षण गरिने गरि कार्य बिधी तैयार गरिएको  पालीकाका कर्मचारी ध्रुब थापाले जानकारी दिनु भयो । 

, ,