स्थानिय तहको प्राथमिकतामा विपद् व्यवस्थापन


लोकप्रियसमचार सिन्धुपाल्चोक जिल्लाको स्थानिय तह विपद् व्यवस्थापनका लागि पहिलोे प्राथमिकतामा राखी काम गर्ने गरेको स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुले बताउँनु भएको छ । 


२०७२ सालको विनाशकारी भुकम्पपछि क्रियाशिल स्थानिय तहका जनप्रतिनिधिहरुले आफ्नो कार्यकाल भरिमा आइपर्ने विपद्को व्यवस्थापन तथा तत्काल राहत तथा उद्दारमा सहजता ल्याउन पहिलो प्राथमिकतामा राखी कार्य गरीरहको बताएका हुन । विभिन्न राहत तथा विपद् कोषको नाममा स्थानिय तहले यस्तो कोषकोे व्यवस्था गरि परिचालन गर्ने गरेको मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले बताउानु भयो  । उहाँले हाल हरेक विकास निर्माणका कार्यमा डोजरको अत्याधिक प्रयोगका कारणले स्थानिय स्तरमा विपद्का श्रृखला बढेको र मेलम्ची नगरपालिकामा मात्रै गत आ.व.मा ९०० घटना विपद्संग सम्बन्धी घटेको बताउँनु भयो  ।
त्यस्तै लिसंखुपाखर गाउँपालिकाका प्रमुख कमल नेपालले जनप्रतिनिधि नागरिकको पहिलो गुनासो गर्ने ठाउँ भएकाले विपद् बारे सबै भन्दा बढि चिन्तीत रहेको बताउँनु भयो  । केन्द्रिय तहबाट सञ्चालित आयोजनाहरु यस्ता विपद् बारे सचेत नभएकोले अब निर्माण व्यवसायीलाई विपद् जोखिम न्यूनिकरण बारे सचेतना बढाउन समेत आवश्यक रहेको बताउँनु भयो  । त्यसै गरि जुगल गाउँपालिका तथा गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले आफ्नो पालिका भरी पालिका र वडा स्तरका विपद् व्यवस्थापन समिति गठन भई क्रियाशिल रहेको जानकारी दिनु भयो  ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पछिको पुनर्निमाण र पुस्र्थापनामा सदाचार कार्यक्रम अन्र्तगत चौथो भुकम्प स्मृती दिवसको अवसरमा आयोजित भूकम्पीय जोखिम न्यूनिकरण र विपद् मैत्री योजना निर्माण विषयक सरोकारवालाहरु विच छलफल कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा प्रदेश ३ का सासंद इन्द्रमाया गुरुङ्गले विपद् व्यवस्थापन मानविय दृष्टिकोणले पनि सम्बेदनशिल रहेकोले यस बारे प्रदेश सरकार चिन्तनशिल रहेको बताउँनु भयो  । प्रदेश न २ मा हावाहुरीले पारेको असरमा प्रदेश सरकारले गरेको सहयोग यसको ज्वलन्त उदाहरण रहेको भन्दै आगमी दिनमा यसकबारेमाा क्रियाशिल हुने प्रतिबिद्धता व्यक्त गर्नु भयो । कार्यक्रम जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख तथा जिल्ला पुनर्निमाण सहजीकरण समितिका संयोजक कृष्ण गोपाल तामाङ्गको अध्यक्षतामा र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित भूकम्पछिको पुनर्निमाण तथा पुस्र्थापनामा सदाचार कार्यक्रमका जिल्ला अधिकृत उमेश विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.