ब्यापारी र सरोकारवालासँग अन्तरक्रिया बाह्र्रबिसेमा सम्पन्न


 कमला गुरुङ्ग बाह्र्रबिसे
ब्यापारी र सरोकारवाला सँग समन्वयको लागी अन्र्तक्रियात्मक कार्यक्रम मङ्गलबार  बाह्रबिसेमा सम्पन्न भएको छ ।
उधोग , पर्यटन , वन तथा वातावरण मन्त्रालय र घरेलु तथा साना उधोग विकास समितीको आयोजना मा भएको उक्त कार्यक्रमको सम्मन्वय उधोग वाणिज्य सँघ सिन्धुपाल्चोक ले गरेको थियो । बाणीज्य संघको समन्वयमा सञ्चालन गरिएको  कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ  रहनु भएको थियो भने , बिशेष अतिथी बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पा रहनु भएको थियो ।  घरेलु तथा साना उधोग विकास समितीका प्रमुख कल्पना शार्माको सभापतिमा कार्यक्रम गरिएको हो ।  कार्यक्रमको बारेमा जानकारी दिदै  सभापतिको तर्फबाट कल्पना शर्माले  ब्याबसायीहरुको समस्या ,  नवीकरण , कर र ब्यबसाय दर्ता गर्दा आबश्यक  पर्नैे कागजपत्र लगायतका  बिषयहरुमा सबै ब्यबसाय तथा सर्बसाधरणलाइ जानकारी गराउँनु मुख्य प्राथमिकता बताउनु भयो । बाह्रबिसे नगरपलिकाका ब्बसायीहरु कार्यक्रममा उपस्थिीत भएर आफ्ना समस्या प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम प्रमुख अतिथी जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्णगोपाल तामाङले बाह्रबिसे नगरपालिकामा रहेका ब्बसायीहरुलाई ब्यबस्थित र मर्यादित बनाउदै ब्यबसायको सुरक्षाको ग्यारेन्टी,  स्थानीय स्तरमा उत्पादीत बस्तुहरुको बजारीकरणमा सहयोग गर्न सके मात्र  ब्यबसाय संञ्चालमा प्रोत्साहन हुने हुँदा यस तर्फ सबैको ध्यान जान जरुरी भएको बताउँनु भयो । उँहाले  कानुन विपरीत काम गर्न नहुने बताउँदै कुनै पनि देश विकासका लागी पहिलो आधार भनेको ब्यापार भएकोले सबै ब्बसाय दर्ता भएर कर तिरेमा समग्र जिल्लाको विकास हुने र  समृद्ध जिल्ला बिकाशका  लागी  सहजता हुने बताउँनु भयो ।

उँहाले बिषेश गरि स्थानीय स्तरमा उत्पादन हुने कृषी क्षेत्रको बिकाशका लागी पहिलो प्रथमिकतामा राख्न पर्ने समेत बताउँनु भयो  उँहाले देशलाई सञ्चालन गर्न कर आवश्यक रहेकोले सबै ब्बसायीहरुलाई कर तिर्न आग्रह गर्नुभयो । नगरप्रमुख शेर्पाले बाह्रबिसे बजार तातोपानी नाका केन्द्रित भएकोले नाका खुलेपछि बेरोजगारीहरुको लागी रोजगारको अवसर प्राप्त हुने हुदाँ ब्यबसायलाई चौतर्फी रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उपभोक्ता ठगिने र गुणस्तरहिन सामान नबेच्न उहाँले ब्बसायीहरुलाई आग्रह गर्नुभयो ।
उँहाले बाह्र्बिसे को बिकाशको मुख्य बागडोर ब्यपार ब्यबसायी कै हातमा रहेको ले यस तर्फ ध्यान दिन आग्रह गर्दै हरेक  क्षेत्रमा  नगरपालीकाले गरेका  कामको कँही कतै कमी कम्जोरी भएमा ब्यबसायीहरुबाट सुझाब आएमा सुधार गर्ने बताउँदै  राम्रा र बिकाशका कामलाइ कँही कतै बाट पनी अबरोध हुन नहुने बताउँनु भयो । उद्योग बाणीज्य संघको सभाहलमा उक्त कार्यक्रम भएको थियो । 

 


, , , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.