बजार अनुगमन बाह्र् बिसेमा
लोकप्रिय समचार
घरेलु तथा साना उधोग विकास समिती सिन्धूपाल्चोकको आयोजनामा बुधबार जिल्लाको प्रमुख ब्यापारिक केन्द्र बाह्रविसे बजारमा अनुगमन गरिएको छ । प्याकिङ नगरेको सामान बिक्री बितरण , म्याद नाघेको खााद्यवस्तु बिक्री र तोकिएको मूल्य भन्दा बढी मूल्यमा सामान बिक्री वितरण गरीएको छ की अथवा नियम बिपरित ब्यबसाय गरिएको छ की भन्ने बिषयमा केन्द्रीत रहेर यसरी अनुगमन गरिरहन पर्ने घरेलु तथा साना उधोग विकास समितीकी वरिष्ठ अधिकृत कल्पना शर्माले बताउनुभयो ।
अनुगमन गर्ने क्रममा घरेलु तथा साना उधोग विकास समिती तथा उधोग कार्यलयमा ब्यसायिक दर्ता , आन्तरिक राजस्व विभाग, दर्ता नवीकरण , कर र नगरपालिकामा ब्यबसाय दर्ता गर्ने सम्बन्धमा ब्यबसायीहरुलाइ परामर्श दिइएको थियो । बजार अनुगमनमा मुल्य सुची राख्न इजाजत भन्दा बाहीर गएर ब्यबसायी नगर्न निर्देशन हुँदै कानुनी दायरामा रहेर ब्यबसायी स.ञ्चालन गर्न निर्देशन गरिएको थियो । अनुगमनको क्रममा बाह्रबिसे नगरपालिकाका उपप्रमृख शुशीला प्राखिन , पालिका राजस्व बिभागका शाखाका प्रमुख युग बहादुर खड्का , घरेलु तथा साना उधोग विकास समितीकी वरिष्ठ अधिकृत कल्पना शर्मा , इलाका प्रहरी कार्यलय बाह्रबिसेका प्रमुख , पत्रकार लगायतका रहनु भएको थियो ।