जिप्रका सिन्धुपाल्चोकद्धारा दुइ प्रतिबादी पक्राउ


सिन्धु पाल्चोक जिल्ला प्रहरी कार्यलय ले कर्तव्य ज्यान मुद्दाका दुइ प्रतिवादीलाइ  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय सिन्धु पाल्चोकले  बुधबार पत्रकार सम्मेलन गरी  उक्त कुराको जानकारी दिएको हो ।  जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षकले यो धेरै अनुसान्धान पछी बास्तबिकता पत्ता लागेको बताउँनु भयो । साविक ज्यामिरे गा.वि.स. वडा नं. ९ हाल मे.न.पा. ९ बस्ने बर्ष ४१ को नवराज थापा असोज २०गते घरबाट कोही कसैलाई नसोधी हिँडी सम्पर्क बिहिन भएकोले निजको खोजतलास गर्दै जाने क्रममा पौष २९ गते मे.न.पा. वडा नं. ९ बसेउरा स्थित ऐसेलु घारीमा सडिगली दुर्र्गिन्धत अवस्थामा नवराज थापाको मृत लाश फेला परेको र उक्त मृत लाश शंकास्पद रहेकोले कोही कसैले कर्तव्य गरी मारी फालेको हुन सक्ने हुँदा थप अनुसन्धान गरी अपराधी पत्ता लगाई कानून बमोजिम गरी पाउँ भन्ने समेत व्यहोराको मृतककको बुबा ककर बहादुर थापाको जाहेरी दरखास्त प्राप्त हुन साथ  जिल्ला प्रहरी  कार्यालय मातहत ईलाका प्रहरी कार्यालय मेलम्चीबाट अनुसन्धान अधिकृत समेतको टोली घट्नास्थलमा खटी गई लाश जाँच मुचुल्का, पोष्टमार्टम गराउने समेतको प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी उक्त जाहेरीलाई ईलाका प्रहरी कार्यालय मेलम्चीको अनुसुची ७ नं. बमोजिमको दर्ता किताबको मुद्धा नं. १३ मा मिति २०७५र०७र०८ गते कर्तव्य ज्यान मुद्धा शिर्षकमा दर्ता गरी केन्द्रिय अनुसन्धान व्युरो (ऋक्ष्द्य) तथा यस कार्यालय समेतबाट थप अनुसन्धान कार्य जारी राखी उक्त घटनामा संलग्न व्यक्तीहरुको खोजतलास कार्य जारी रहेको अवस्थामा उक्त घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी जि प्र कार्यालय तथा ईलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको अनुसन्धान अधिकृत समेतको टोलीले चैत्र २६ गते . मे.न.पा. वडा नं. ९ डब्ल्याङमा बस्ने बर्ष ४० को बिष्णु भन्ने ताह बहादुर भण्डारी र  बर्ष २४ को बिनोद गिरीलाई पक्राउ गरीएको छ ।
प्रारम्भिक अनुसन्धान पश्चात मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरमा २७ गते अदालतबाट दिन १० को म्याद  अनुमती लिई  थप अनुसन्धान कार्य जारी रहेको  सुचना अधिकारी प्र.ना.उ.माधव प्रसाद काफ्ले बताउँनु भयो ।