भबन भन्दा पनी गुणस्तरिय शिक्षामा जोड दिन पर्ने


सन्ध्या बस्नेत
  शिक्षाको बिकाश भए मात्र नागरिकको बिकाश हुने र स्थानीय बिकाशमा नागरिकको बिकाशको अती महत्व  हुने  भएको ले शिक्षा बकिासमा नगर पालीकाले बिशेष सहयोग गर्दै आएको चौतारा साँगाचोकगढी नगर पालीकाका प्रमुख अमान सिंह तामाङ्गले बताउँनु भएको छ ।

उँहाले श्री सिंहदेबी आधारभुत बिद्यालय को ३१औ  बार्षीक उत्सवको उद्धघाटन गर्दै यस्तो बताउँनु भएको हो । चौतारा सँँगाचोकगढी नगरपालीका वडा नं ९ स्थित कोदारीमा रहेको आधारभुत बिद्यालयको नयाँ भबन गेट को उद्धघाटन  गर्दै प्रमुख तामाङ्गले यस्तो बताउँनु भएको हो ।
समारोहलाइ सम्बोधन गर्दै प्रमुख तामाङ्गले बिद्यालय असफल भयो भने स्थानीय नागरिक असफल हुने  र नागरिक असफल भयो भने नगरपालीका असफल हुने भएकाले यसलाइ असफल हुन नदीनका लागी गुणस्तरिय शिक्षा प्रदान गर्नु शिक्षकको  काम र कर्तब्य  रहेको र बिद्यालयमा आआफना बालबालीकालाइ बिद्यालयमा पठाएर स्तरिय शिक्षा हासिल गराउँनु अभिभाबकको काम कर्तब्य रहेको बताउँदै  आआफ्नो कर्तब्य पुरा गर्न सबैलाइ अनुरोध गर्नु भयो ।
उँहाले  हाम्रो नगर हाम्रो गाँउ सबै बालबालीकालाइ बिद्यालय पठाउँ भन्ने मुल नाराका साथ बिद्यालय भर्ना अभियान चलाएर सबैले सामुदाय बिद्यालयमा बालबालीका पठाउँन पर्ने बताउँनु भयो । उँहाले बिद्यालयको भबन मात्र राम्रो भएर हुँदैन बिद्यालयको शिक्षा सिकाइमा कती प्रगती छ भनेर मुल्याङ्कन गरिसकेपछी मात्र त्यही आधारमा सहयोग गर्ने परिपाटी बसाल्ने बताउँनु भयो ।
  जिल्ला आयोजना कार्यन्वयन इकाइ प्रमुख  कृष्ण सुबेदीले शिक्षा सिकाइमा जुन बिद्यालयले स्तरियता दिन्छ त्यस बिद्यालयलाइ  जील्ला आयोजना कार्यन्वयन इकाइले पनी अरु बिद्यालय भन्दा  बिशेष सहयोग गरिरहेको बताउँनु भयो । ९ नं का वडाअध्यक्ष तथा चौतारासाँगाचोकगढी नगरपालीकको समान्य प्रशाशन  बिभाग प्रमुख बिष्णु लामाले नगरपालीका ले नगर भित्र कुनै पनी बालबालीकाहरु शिक्षा बाट बञ्चीत हुन नपरोस भनेर बिभिन्न तबरले अनुदान सहयोग दिइरहेकोले त्यो सहयोगको सदुपयोग गर्न गुण स्तरिय शिक्षा प्रदान गर्नु पर्ने बताउँनु भयो ।
नेपाल शिक्षक संघका अध्यक्ष  तुल्सी प्रसाद दङ्गालले  गुणस्तरिय शिक्षाको लागी बिशेष गर्न शिक्षक साथीहरुले अगाडी सरेर काम गर्न पर्ने बताउँनु भयो ।  शिक्षक महासंघ नगर समितीका अध्यक्ष श्याम सापकोटा ले जिल्ला  तथा नगर भित्रका सबैले सामुदायक बिद्यालयमा  आआफ्ना बालबालीका लाइ पढाउँन पठाएर शिक्षा बिकाशमा सहयोग गर्न पर्ने बताउँनु भयो । बिद्यालयको  प्र अ हरिश्चन्द्र खड्काले बिद्यालयको प्रतीबेदन प्रस्तुत गर्नु भएको थियो भने  बिब्यस अध्यक्ष हुम बहादुर मगरको सभापतीत्वमा उक्त कार्यक्रम गरिएको थियो । कार्यक्रममा सुकुटे बिच रिसोर्टका  सञ्चालक महेन्द्र सिंह थापा लगाएत लाइ सम्मान गरिएको थियो ।

, , ,