बर्दियाका मजदुरहरुले ज्याला पाएनन ठेकेदार सम्पर्क बिहिन





अनोज थारु, बर्दिया, सिन्धुपाल्चोकको जिल्लाको बलेफी गाँउ पालीका वडा नं ३ स्थित सिमा सिंह आधारभुत बिद्यालयको भवन निर्माण गर्न दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हरुले अहिले सम्म ज्याला पाउका छैनन । उक्त बिद्यालय निर्माण गर्ने जिम्मा पाएको  ठेकेदार धन बहादुर तामाङ्गले बिद्यालय भवन निर्माण गर्न लगाइएको मज्दुरहरुको ज्याल नदीएको भनी त्यँहा गएर काम गरेका कामदारहरुले गुनासो गरेका छन । काम गरेको ज्याला नदीएर हामीलाइ दुख दियो त्यसैले हाम्रो मज्दुरी गरेको ज्याला पाइएन सिन्धुपाल्चोकमा हाम्रो कुरा सुनुवाइ भएन भन्दै आफनो ज्याला उठाइदिन पहल गरिदिन   भागिरथ थारुले  अनुरोध गर्नु भएको छ । उँहाले  मजदुरहरुको  करिब ३ लाख रुपैयाँ ठगी गरेर सम्पर्क बिहिन भएका  ठेकदारहरुलाइ  ज्यालाको रकम असुल उपर गराइदिन समेत गाँउपालीकाका अध्यक्षलाइ फोन मार्फत अनुरोध  गरेको बताउँनु भयो ।  . २०७४ साल चैत्र ७ गतेदेखी ५२ दिन सम्म काम गरेका बर्दियाका मजदुरहरुले ज्याला नपाए पछी  ठेकेदारबाट ठगीएका हुन ।

  बलेफी गाँउपालिका वडा नं ३ को सिमा सिंह आधारभुत बिद्यालयमा काम गर्न गएका उनीहरुले काम गरेर घर फकर्ने क्रममा पुरा भुक्तानी नपाएको हरिराम थारुले बताउनु भयो . सोही बिद्यालयको भवन यही बैशाष १५ गते उद्घाटन हुने भएको छ तर कामदाहरुले अझै ज्याला पाएका छैनन् . सिमा सिंह आधारभुत बिद्यालयमा भवन निर्माणका ठेकेदार धन बहादुर तामाङ्ग, गुरुङ्ग ठेकेदार भनिने र अर्का छिरिङ्ग माइला रहेको र उँहाहरु सँग ज्याला माग्न खोज्दा सम्पर्कमा नआएको ज्यालादारी मज्दुरहरुले बताएका छन ।  उँहाहरुले पहिले काम सकिना साथ पैसा माग्दा भुक्तानी आएको छैन भन्दै  एक हप्ता, दुई हप्ता भनेर टार्दा टार्दै अहिले सम्म काम गरेको पैसा नपाएको भागिरथ थारुले बताउनु भयो । साथै अहिले सम्म तीनै जना ठेकेदारहरुको  मोबाईलनं ९८१३४६६८१०,९८०८११८७९३,९८०८११७८९१ को  फोन बन्द गरेकोले सम्पर्क समेत हुन नसकेको मगतराम थारुले बताउनु भयो .।हामीले फोन सम्पर्क गर्दा पनी तिनैवटा नंम्बरमा फोन लागेको छैन हामीलाइ  प्राप्त जानकारी अनुसार   दैनिक मिस्त्रीको ज्याला १ हजार र लेवरको ८ सयका दरले पैसा लिने दिने दुबै पक्ष बिच कुराकानी भएको थियो तर घर र्फकने क्रममा १९ जना भन्दा बढीको करिव ३ लाख भन्दा बढी पैसा ठेकेदारले पुरा भुक्तानी नदिएको जगत राम थारुले बताउनु भयो . प्रत्येक ब्यक्तिको १५ देखि २२ हजार सम्म पाउनु पर्ने शिव चरण थारुले बताउनु भयो ।. यस बिषयमा सिन्धुपालचोक जिल्लाको बलेफी गाँउपालिकाका अध्यक्ष केदार क्षेत्री समेत लाइ  फोनबाट सम्पर्क गर्दा  यस बिषयमा आफुलाइ थाहा नभएको तर आफुले यही फोन मार्फत जानकारी पाएकोले यस सम्बन्धमा तत्काल  के भएको हो बुझेर मज्दुरले ज्याला पाँउन पर्ने भए उपलब्ध गराइदिन आफुले पहल गर्ने बताउँनु भयो ।

,
Lokpriyasamachar@. Powered by Blogger.