कदमबासमा १८ लाख बजेटबाट १८ सय मिटर सडक बाटोको स्तरउन्नती


अश्मी स्याङतान
चौतारा
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ ले १८ लाख बजेटबाट १८ सय मिटर सडक बाटाको स्तरउन्नती गर्ने भएको छ ् । उक्त सडकबाटोको अनुगमन गर्दै चौतारा साँगाचोकगढी नगरका मेयर अमान सिं तामाङले चित्तबुझ्दो काम भएको बताउनुभयो ।वडा नं ९ ले गरेको सडक निर्माणका काम अनुगमनमा चौतारा साँगाचोकगढी नगरपालिका वडा ५ का अध्यक्ष नरमान श्रेष्ठ पनि जानुभएको  थियो ।

उहाँले मापदण्डका हिसाबले नगरले छुट्याइएको  वर्गको सडक अन्तरगत यो सडक पर्ने बताउनुभयो । साथै अहिले अपुग बजेटका कारण पुर्ण रुपमा सडकबाटो सम्पन्न नभए पनि बिस्तारै सम्पन्न हुने र दिगो हुने ढङगले काम गर्नुपर्नेमा जोड दिनुभयो ।अनुगमन गर्नका लागि अर्का वडाअध्यक्ष चौतारा साँगाचोकगढी नगरपालिका ४ नं का चुडामणि नेपाल पनि पुग्नुभएको थियो । उहाँले फराकिलो बाटो बिस्तार भएको र थप ग्राबेलिङका काम गर्नुपर्ने देखेको बताउनुभयो । नेपालले भन्नुभयो“ क्योउरेनीदेखि कदमबास सम्म खनेको सडकबाटो नियाल्दा छुट्याइएको बजेट रकम अनुुारको काम चाहिँ पुरा भएको छ । ” यो सडकबाटो अब ग्राबेलका लागि पनि लागि परिरहेको वडा नं ९ का वडाअध्यक्ष विष्णु लामाले बताउनुभयो । सडकबाटोको स्तरउन्नती गरेपछि ढुवानीका लागि र सवारि साधान आवातजावत गर्न वडाबासिलाई सहज भएको छ ।

, ,