सिन्धुपाल्चोक कलाकार समाजले मनायो बृहत साँस्कृतिक कार्यक्रम


कमला गुरुङ ÷ बाह्रबिसे
कलाकारले कलाको माध्यमबाट समाजमा सकरात्मक  र जनचेतनामुलुक सन्देश दियर देश बिकाशका लागी  उधोग मन्त्री अरुण नेपाललेगर्नुभएको छ । सिन्धुपाल्चोकका कलाकारले अन्य जिल्लामा गएर आफ्नो कला प्रस्तुत गरेपनि पहिलो पटक आफ्नो जिल्लामा कलाकार समाज गठन भएकोमा आगामी दिनमा सफलको कार्यको शुभकामना दिदै खुशी ब्यक्त गर्नुभयो ।सिन्धुपाल्चोक कलाकार समाजको आयोजनामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरुको साथमा समुद्घाटन तथा बृहत साँस्कृतिक कार्यक्रम बलेफी गाउँपालिका वडा नम्बर ७ खाडीचौर,बालशिक्षा माबिको प्राङगणमा सम्पन्न भएको छ ।  कार्यक्रमलाई सिन्धुपाल्चोकमा रहेका १२ वटा स्थानीय तहले  र सदाबहार युबा क्लबले सहकार्य गरेको थियो ।
 बिशेष अतिथी मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याल , भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेल , बलेफी गाउँपालकाका प्रमुख केदार क्षेत्री , लिसङखुपाखर गाउँपालिका प्रमुख कमल नेपाल र बाह्रबिसे नगरपालिकाका उपप्रमुख शुशीला पाख्रीन  रहनु भएको थियो । कार्यक्रमको सँयोजक अजय श्रेष्ठ हुनुहुन्थयो । कलाकारहरु उषा लामा , ईरोज लामा , हास्यकलाकार जितु नेपाल , लोक गायक नबराज घोरासैनी , रेशम थापा , सरोज लामीछाने , हास्यकलाकार सुबोध गौतम , सागर लम्साल बले , हरिस निरौला कक्रोज ,  रोहित कार्की , राजेन्द्र दर्नाल , बिनु शाक्य , सिर्जना खत्री , पार्बती कार्की , आशा लामा , दिपाशा बि सी, अबिनाश घिसिङ, गायक तथा नायक बाबु बोगटी , अमृत आचार्य , रबिन्द्र खड्का लगायका कलाकारले आफ्नो प्रस्तुति देखाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।


सिन्धुपाल्चोक कलाकार समाजका अध्यक्ष एबम कार्यक्रमका सभापति भुबन श्रेष्ठले सिन्धुपाल्चोकमा जन्मेर , हुर्केका कलाकारले कामको शिलशिलामा भेटघाट नभएको र आजको यस कार्यक्रमले सबै कलाकार एकसाथ देख्न पाउँदा खुशी लागेको बताउनुभयो । शुरुमा कलाकार समाज गठन गर्दा आर्थिक र प्रशाशनमा धेरै समस्या भोग्नु परेता पनि भोलिका दिनमा कलाकार समाजको समृद्धि र बिकासका लागी आफु सधै लागीपरि रहने प्रतिबद्धता उहाँले ब्यक्त गर्नु भयो । सिन्धुपाल्चोकका कलाकारले कमाएको केही आर्थिक रकम सामाजिक  क्षेत्रमा लगानी गरी समाज सेवा गर्ने जानकारी दिनुभयो । धुमुर्स सुन्तली दुई जना कलाकारले राष्ट्र निर्माणमा र देश बिकासमा सेवा गरेको र राजनैतिक ब्यक्तिले गर्न नसकेको काम २ जना कलाकारले गर्नु भएको छ । सिन्धुपाल्चोकका  ६६ प्रतिशत कलाकारले जिल्ला विकास निर्माणका काम गर्नुपर्ने जानकारी दिनुभयो । कार्यक्रम शोभा त्रिपाठी र राजु बोहोराले सञ्चालन गर्नुभएको थियो । अन्त्यमा अतिथीहरुलाई मायाँको चिनो बितरण गरिएको थियो । बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

,