सामाजिक विकास मन्त्री दुलालद्धारा चेपाङ विद्यार्थीहरुको भर्ना


सगुन बस्नेत
हाम्रो गाउँ, हाम्रो नगर सवै वालवालिकालाई विद्यालय पुर्याउ भन्ने मुल नाराका साथ सुरु भएको विद्यार्थी भर्ना अभियानले देश भरि तिब्रता लिएको छ ।  हरेक जिल्लामा मन्त्री देखी लिएर वडाअध्यक्ष हरु तथा स्थानीय सरकारी तथा गैर सरकारी  संस्थाका प्रतिनिधीहरु ले  सामुदायक बिद्यालयमा भर्ना अभियानलाइ सफल बनाउँन लागी परेका छन । कुनै कारणले  बिद्यालयको पहुँच भन्दा बाहीर रहेका बालबालीकालाइ बिद्यालयमा लगेर भर्ना गराउँने अभियानमा  सामाजीक बिकाश  मन्त्री युबराज दुलाल  पनी  लागी पर्नु भएको  छ । दुलालले हालै मात्र चितवन  जिल्लाको राप्ती नगरपालीका स्थित राष्ट्र्रीय माध्यमिक  बिद्यालयमा १२ चेपाङ विद्यार्थीको भर्ना गराउँनु भएको छ । उँहाले अरु भन्दा  फरक समाजमा  नदेखएिका  समाजलाइ  बिद्यालयमा भर्ना गराएर एक उदाहरणिय ब्यक्तीका रुपमा  प्रस्तुत हुनु भएको छ ।  उँहाले चेपाङ विद्यार्थी भर्ना गराइसकेपछीे, सरकारको विद्यार्थी भर्ना अभियानलाई  देखावटी र प्रचार बाजीको रुपमा  भन्दा पनि साच्चिकै विद्यालयको पहुँच भन्दा बाहिर रहेका बालबालिकालाई भर्ना गराउन पर्ने बताउँनु भयो । मन्त्री दुलालले जँहा जँहाका मानीसहरु शिक्षाबाट बञ्चीत छन त्यँहाको स्थानीय सरकारले पनी त्यस्ताको पहिचना गरि के सहयोग गर्दा बालबालकिाले शिक्षा हासिल गर्न पाउँछन त्यस्तोखालको सहयोग गर्न समेत स्थानीय सरकार साँग अनुरोध गर्नु भयो । उँहाले श्रोत र साधनले भ्याए सम्म शिक्षको बिकाशलाइ पहीलो प्रथमिकतामा राख्न पर्ने बताउँनु भयो ।

, , ,