काठमाडौं,
वैशाख ५ ।
लोकप्रियसमचार काठमाण्डौ
काठमाडौंको शंकरदेव रोड, बागबजारमा केराका परिकार उपल्बध हुने रेष्टुरेन्ट बनाना क्याफेको उद्घाटन गरिएको छ ।
केराका परिकारहरु जिरा, मःमः, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुने शुभम हेम वनाना क्याफेको उद्घाटन गर्दै कलाकार लय संग्रौलाले केराका मिठा परिकार पस्किने रेष्टुरेन्टलाई बधाई तथा शुभकामना दिनु भएको थियो । त्यस्तै कलाकार उत्तम केसीले केराका परिकारको स्वाद मिठो रहेको बताउँनु भयो भने नायिका तथा गायिका सारिका घिमिरेले पहिलो पल्ट केराका परिकारको स्वाद लिएको बताउँनु भयो । लामो समय विदेशमा बसेर आएको नेपालमा नै केही ब्यबसाय गर्न सके रम्रो हुने देखेर बागबजारमा केराका परिकार निर्माण गरेर स्थानीय उत्पादनमा प्रोत्साहन दिनका लागी यो रेष्टुरेन्ट सञ्चालनमा ल्याएको क्याफेका सञ्चालक प्रमोद सेरचनले बताउँनु भयो ।
कार्यक्रममा निर्देशक रामकाजी घिमिरे, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, पत्रकार भोला अधिकारी, शम्भु ढुङ्गना, कृष पाण्डेलगायतका ब्यक्तित्वहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कलकारद्धार बनाना क्याफेको उद्घाटन
[email protected] Powered by Blogger.
