सिपाचौतारा तोप२१ले गर्यो रक्तदान


 लोकप्रिय समचार
सिन्धुपाल्चोक जिल्लाकै अहिलेसम्मकै ठुलो पुरस्कार राशीको मेयरकप फुटबल प्रतियोगिताको खेल  तोप २१ को आयोजनामा चौताराका टुँडीखेलमा हुन लागेको दोस्रो चौतारा साँगाचोकगढी मेयर कप फुटबल २०७५ को  पुर्ब  सन्ध्यामा  रक्तदान कार्य क्रम गरिएको छ । 

 प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी सहीतको उपस्थिती मा सामाजीक बिकाश मन्त्री युबराज दुलाल शरद, ले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो त्यस पछी जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग,
जन साँस्कृतीक महासंघ को केन्द्रिय अध्यक्ष तथा  समाजसेवी सरल सहयात्री पौडेल, मानबअधिकार कर्मी नातीबाबु धिताल, नेपाल रेडक्रस सोसाइटी का मन्त्री कमल चरण कक्षपती निर्माण ब्यबसायी संघका कमल श्रेष्ठ लगाएत तोप २१का  पदाधिकारीहरु  सेना, प्रहरी  सर्बसाधरणहरु ले रक्त दान गर्नु भएको  थियो । जम्मा   १२ समुह सहभागी हुने उक्त प्रतियोगिता जिल्लाको इतिहाँसमा सर्वाधीक पुरस्कार राशीको प्रतियोगिता भएको जिल्ला फुटबल संघका उपाध्यक्ष अमृतमान श्रेष्ठले बताउँनु भयो  । प्रतियोगितामा प्रथम हुने टिमले नगद पाँच लाख पाँच हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने तोप२१ का अध्यक्ष अशोक कार्कीले बताउँनु भयो ।  रक्त दानकार्यक्रम बारे जानकारी गराउँदै अध्यक्ष कार्कीले मानीस स्वस्थ्य रहनका लागी  खेलकुदको आबश्यक रहेको र खेलकुदको बिकाश भए मात्र मानबीय बिकाश हुने बताउँनु भयो ।
कार्यक्रमको सञ्चालन तोप२१का उजार सिंह तामाङ्ग(समर)ले गर्नु भएको थियो । चौताराको टडीखेलमा उक्त कार्यक्रम भइ रहेको छ ।
  भने सामाजीक बिकाश मन्त्री युवराज दुलालले त्यस खेलको उद्धघाटन गर्नु हुने भएको छ ।

, , , ,