चौतारा फिजीथेरापीमा २०१७ले पाए सुबीधा





लोक प्रिय समचार 
 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालीकामा रहेको चौतारा अस्पतालमा  रहेको  हुमेनेटी एण्ड इनक्लुजन नेपालको सहयोगमा दुइहजार सत्र जनाले बिशेष सहयोग पाएका छन ।
  भुकम्प पछी  बिभिन्न कारणले अशक्त भएका हरु जस्तै  तालु फाटेको र ओठ फाटेको ३बर्ष मुनीका बालीकाहरुलाइ उपचार गरि चौतारा अस्पतालको पुनस्थपना केन्द्रमा समेत राखेको छ । 
 
चौतारा अस्पतालमा कार्यरत फिजीयो थेरापीष्ट  रतीकुमारी गुरुङ्गका अनुसार   आबश्यक अनुसारको तौल कम भएका र बिभिन्न प्रकारका तिन बर्ष भन्दा कम उमेर भएका बालबालीकाहरुलाइ पुनस्थपना केन्द्रमा राखेर पोष्टीक आहार खुवाएर आबशयक तौल भए पछी घर पठाइने तर समय समयमा अस्पतालमा भने रोग परिक्षण गर्न आइरहन पर्ने बताउँनु भयो ।
तिन बर्ष सम्म उपचार नपाएर खुट्टा नै काटन पर्ने अबस्थामा रहेका एक जना  हिरा बहादुर श्रेष्ठको  खुट्टा काटेर  उपचार गरे पश्चात कृतीम खुट्टा समेत दिएर पठाइएको गुरुङ्गले बताउँनु भयो । उँहाका अनुसार आबश्यकता अनुसारका कृतीम सामाग्री,तथा अन्य लठ्ठी, बैशाखी जस्ता सामाग्रीहरु समेत बितरण गरिने गरिएको छ ।
बिशेष गरि फिजीयो थेरापीको लागी ब्यबस्थापन गरिरहेको उक्त सस्थाले भुकम्प पछी सिन्धुपाल्चोक  जिल्लामा यस्तो सहयोग गरिरहेको छ ।  


, , ,
Lokpriyasamachar@. Powered by Blogger.