इन्द्रावती भिमटारमा आँखाशिबीर सम्पन्न


 सन्तोष भण्डारी
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकावडा नं १२मा निशुल्क आँखा  शिबिर भएको छ । बैशाख १३ गते वडा नं १२मा रहेको   भीमटार स्वास्थ्य कार्यलयमा भएको निःशुल्क आँखा उपचार शिविरमा २ सय ४१ जनाले सेवा पाएका छन् ।

इन्द्रावती गाउँपालिका र रेयु्काई एईको मासुनागा आँखा अस्पताल बनेपा  को आयोजनामा भएको उक्त  शिविर भएको हो ।  सेवा लिएका  २ सय ४१ मध्ये १ सय ४० महिला र १०१ वना पुरुस रहेका छन । दिगो बिकाश र सुशासनको लहर इन्द्रावती गाँउपालीकाको रहर भन्ने मुल नाराका साथ अगाडी बडेको इन्द्रावती गाउँपालिकाले पालीकाका कुनै पनी नागरिकलाइ स्वास्थ्य सुबिधा बाट बञ्चीत हुन नपरोस भनेर पालीकाले हरेक खालका स्वास्थ्य शिबीरहरु सञ्चालन गरिरहेको छ ।   गाउँपालीकाका अध्यक्ष बंशलाल तामाङ्गले  पालीकाको  खर्चमा  अपे्रशन गर्न सहयोग गर्ने ब्यबस्था मिलाइएको बताउँनु भयो । उँहाले  हरेक प्राणीहरु स्वच्छ रहे मात्र  सबै खाले काम गर्न सक्ने, झन मानबिय जिबनमा रोगी हुँदा  कुनै पनी काम गर्न नसकिने भएकाले  रोगको तत्काल उपचार गरिहाल्न पर्ने बताउँनु भयो । २४१ मध्ये ६९ जनाको आखामा मोतियाविन्दुको अप्रेशन गर्नुपर्ने देखिएको छ । उहाँहरुलाई बनेपास्थित मासुनागा अस्पतालमा लगेर उपचार गराइने गाँउपालीकाले जनाएको छ ।


, ,