प्रहरीको लाठीचार्जको काँग्रेसद्धारा बिरोध



राप्रपाकाको कार्यक्रममा प्रहरीको हस्तक्षेप  भएको भन्दै काँग्रेसले बिरोध गरेको छ । नेपाली काँग्रेसका  प्रमुख सचेतक बालकृष्ण खाँड द्धारा मङ्गलबार जारी गरेको बिज्ञेप्ती मा भनीएको छ ,राष्ट्रिय प्रजातन्त्र पार्टीले  चैत्र २५ गते निकालेको शान्तिपूर्ण ¥यालीमा प्रहरीले गरेको हस्तक्षेप प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ¥यालीका सहभागीलाई मात्र नभएर बाटोमा आवतजावत गर्ने सर्वसाधरणलाई समेत प्रहरीले गरेको लाठीचार्ज प्रति हाम्रो गम्भीर आपत्ति छ । कुनै पनि राजनीतिक दल र आम नेपालीले स्वतन्त्रता तथा शान्तिपूर्ण ढंगले आफ्नो माग राख्न पाउने नैसर्गिक अधिकारलाई वर्तमान सरकारले दमन गरी संविधान प्रदत्त हक अधिकारलाई खोस्ने कार्य भइरहेको छ । सरकारको यस कार्यप्रति नेपाली कांग्रेस संसदीय दल घोर भत्र्सना गर्दछ । कुनै पार्टीसँग हाम्रो विचारमा अहसमत हुन सक्छ तर कसैको स्वतन्त्रता माथि अंकुश लगाउने कार्यप्रति नेपाली कांग्रेस सदैव विरोध गर्दछ । प्रदर्शनको क्रममा प्रहरीको दमनबाट घाइते भएका व्यक्तिहरुको नेपाली कांग्रेस संसदीय दल शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

, ,