बाह्रबिसे नगरपालिकामा बौद्द धर्म जागरणको लागी बृहत प्रबचन



कमला गुरुङ÷बाह्रबिसे

नेपालमा बिभिन्न जातजातिका मानिस बसोबास गर्छन , उनीहरुको आ —आफ्नै  भाषा , कला , सँस्कृति र रीतिरीवाज हुन्छ  । साँस्कृतिक समाज बाह्रबिसेले आयोजना गरेको स्थानीय गुम्बाका टीका लामा तथा लामा गुरुहरुलाई ३ दिने बौद्ध जागरण सचेतनाको लागी बृहत प्रवचन कार्यक्रम १२ गतेबाट शुरु भएपनि औपचारिक उद्घाटन १३ गते गरिएको छ । बाह्रबिसे नगरपालिकामा पनि धेरै जातजातिका मानिस बस्द्छन । तर यस पालिकामा बिशेष गरी तामाङ , शेर्पा र गुरुङ जातिको बाहुल्यता रहेको छ । बौद्ध आचार्य सर्वजित गोडबा ज्यूको मुखारबिन्दु प्रवचन वाचन गरिएको थियो ।  बाह्रबिसे नगरपालिका वडा न १ देखि ९ सम्मका सबै वडाका लामाहरुलाई उपस्थिीत गरार्इृ पछिल्लो समय सँस्कृतिको नाममा भएको बिकृतिको अन्त्य गर्न र बौद्ध धर्म सँरक्षणको लागी कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख निमफुञ्जो शेर्पाले बहुजाति , बहुभाषिक र बहुसाँस्कृतिक भएको   बाह्रबिसे नगरपालिकामा सबै जातिले एकअर्काको धर्म ,सँस्कृति र रीतिरीवाजको सम्मान गरेकोमा खुशी ब्यक्त गर्नुभयो । बौद्ध धर्मको गलत प्रचार प्रसार भएको र अब यस्तो कार्य नहुने जानकारी दिनुभयो ।   धर्म सँरक्षणको लागी आगामी दिनमा पनि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र नगरपालिकाले बौद्ध धर्म सँरक्षणको लागी सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
नगरपालिका उपप्रमुख शुशीला पाख्रिनले धर्मको नाममा अनाबश्यक रुपमा नकरात्मक कार्यहरु बढ्दै गएकोले यस्ता कुरामा साँस्कृतिक समाजको ध्यान आर्कषण हुनु बताउनुभयो । सबै धर्मको मुल आशय भनेको अहिँसा , शान्ति , सहयोग र सद्भाब भएकोले सबै धर्म समान भएकोले धार्मिक द्धन्द्ध हैन एकअर्काको धर्मलाई सम्मान गर्नुपर्ने बताउनुभयो । बौद्ध धर्म अनुसार जन्म, मृत्यु ,विवाह र न्वारनमा लामा लगाउने चलन छ ।  मानिस जन्मदा , मर्दा र अन्य कार्यमा गरिने सँस्कारमा आर्थिक अभाबका कारण क्रृण लिएर लामा लगाउने जस्ता बिकृतिकको अन्त्य गरिने  कार्यक्रमको उदेश्य रहेको आयोजकले जानकारी दिएका छन् ।  कार्यक्रममा वडा न २ का वडा अध्यक्ष बम बहादुर तामाङ , वडा ८ का वडा अध्यक्ष सुरज लामा पनि कार्यक्रममा उपस्थिीत हुनुभएको थियो ।

Lokpriyasamachar@. Powered by Blogger.