नेपाली काँग्रेस द्धारा राहात कार्यमा जुट्न अपिल


लोकप्रिय समचार
 १७ गते आइतबारका दिन साँझ बारा र पर्सा लगायत तराईका केही स्थानहरुमा अकस्मात आएको असिनापानी सहितको विनाशकारी आँधिहुरीको कारणले गर्दा  भएको जनधनको क्षति प्रति नेपाली कांग्रेस संसदीय दलले  गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बाल कृष्ण खाड द्धारा जारी बिज्ञेप्ती प्रकाशित गर्दै   घाइतेहरुको उद्दार, उपचार तथा राहत कार्यमा तीव्रता दिन र विस्थापित हुन गएका परिवारहरुको पुनस्र्थापनका लागि नेपाल सरकारसँग आग्रह गरेको छं ।  बिज्ञेप्तीमा यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अपर्णका साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं भनीएको छ  । बिज्ञेप्तीमा विपतको यस घडीमा नेपाली कांग्रेससँग सम्बद्ध सबै भातृ एवं शुभेच्छुक संस्थाका नेता कार्यकर्ताहरुलाई उद्दार एवं राहत कार्यमा सकृयतापूर्वक जुट्न हार्दिक अपिल गर्दछौं ।  यसै गरी  बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने मानननीय सदस्यहरुको दुई (२) दिनको तलब बारबारको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दलले  निर्णयगरेको समेत खाड द्धारा जारी बिज्ञेप्तीमा जनाइएको छ ।


,