चौतारामा दोस्रो मेयर कप फुटबल प्रतियोगिता शुरु गिता शुरु

 लोकप्रिय समचार चौतारा
सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा बुधबार बाट जिल्लाकै अहिलेसम्मकै ठूलो पुरस्कार राशीको मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । कार्यक्रमको उद्धघाटन गर्दै  कार्यक्रमका प्रमुख अतिथी एबम प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युबराज दुलालले  खेलकुद राष्ट्रको  चाहाना र खेलाडी राष्ट्रको गहना  भएकोले खेलाडीलाई सधैँ राष्ट्रले सम्मान गर्नुपर्ने बताउनुभयो । फुटबल पहिला , पहिला मनोरञ्जनात्मक मात्रै भएको र अहिलेको ब्यक्तिहरुको लागी फुटबल शारिरीक र साँस्कृतिक रुपमा विकास हुनु आजको आबश्यकता रहेको उहाँले जानकारी दिनुभयो । आर्थिक अबस्था कमजोर भएका कारण खेलाडीहरु खेल क्षेत्रमा अगाडी बढ्न नसकेको र सिन्धुपाल्चोक जिल्लालाई खेल क्षेत्रमा नमुनाको रुपमा विकास गर्न आफु सधै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

खेलाडीले खेलको माध्यमबाट देशलाई विश्वमा चिनाउने हुदाँ नेपालमा पनि आबश्यक मात्रामा खेलकुद सामग्री ,  खेल मैदान र रङ्गशाला   निर्माण हुन जरुरी रहेको उहँले कार्यक्रममा बताउनुभयो ।
जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ चौतारा साँगाचोकगढी नगरपमलिकाका प्रमुख अमानसिँह तामाङ, , प्रमुख जिल्ला अधिकारी कृष्ण  प्रसाद अधिकारी अन्य राजनैतिक ब्यक्तित्व , स्थानीय नागरिक पत्रकार लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । बुधबार को पहिलो खेलमा घरेलु  समुह सिन्धुपाल्चोक र युथ क्लब सिन्धुपाल्चोक बीच भएको खेलमा युथ क्लब सिन्धुपाल्चोक २ —० गोल अन्तरले पराजित भएको हो ।
सिन्धुपाल्चोकले झम्सीखेल युथ क्लबलाई २–० ले हराउँदै विजयी सुरुवात गरेको हो ।
प्रतिष्पर्धात्मक खेलको ३५ औं मिनेटमा सन्देश गुरुङले गरेको पहिलो गोलबाट सिन्धुपाल्चोक युथले अग्रता लिएको थियो . झम्सीखेलले विभिन्न मुभ बनाएपनि गोल फर्काउन सकेन . खेलको ८२ औं मिनेटमा सिन्धुपाल्चोककै पेमानोर्बु लामाले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पारेर आफ्नो टोलीका लागि जितको सुनिश्चित समेत गर्नु  खेलको म्यान अफ दि म्याच सिन्धुपाल्चोकका पेमानोर्बु लामा घोषित  हुनुभयो  . उहाँले नगद तिन हजारसहित ट्रफी पाउँनु भएको थियो । .
बिहीबार ८ बजे अर्काे खेल हुनेछ . सिन्धुपाल्चोक फुटवल संघ र सामाजिक विकास क्लबबीच प्रतिष्पर्धा हुने आयोजक तोप एक्काइसले जनाएको छ .  दोस्रो खेल अपरान्ह २ बजे मध्यपुर युथ एसोसिएसन र  काभ्रे जिल्ला फुटवल संघ बिच प्रतिस्पर्धा  हुने छ ।प्रतियोगितामा. बिजेताले पाँच लाख पाँँच हजार नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र  दिइनुका साथै  ¥याफ्टिङसहित सुकुटेस्थित माया बिचमा  बसाई  को ब्यबस्था मिलाइएको आयोजकले जनाएको छ । खेल तोप २१का अध्यक्ष अशोक कार्कीको सभापतीत्वमा  सम्पन्न भएको  थियो । यस अघी  रक्तदान कार्य क्रम गरिएको थियो  । 
प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी प्रहरी प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी सहीतको उपस्थिती मा बुधबार टुडीखेलमा सामाजीक बिकाश मन्त्री युबराज दुलाल शरद, ले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो त्यस पछी जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग,जन साँस्कृतीक महासंघ को केन्द्रिय अध्यक्ष तथा  समाजसेवी सरल सहयात्री पौडेल, मानबअधिकार कर्मी नातीबाबु धिताल, नेपाल रेडक्रस सोसाइटी का मन्त्री कमल चरण कक्षपती निर्माण ब्यबसायी संघका कमल श्रेष्ठ लगाएत तोप २१का  पदाधिकारीहरु  सेना, प्रहरी  सर्बसाधरणहरु ले रक्त दान गर्नु भएको  थियो ।


, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.