खाडीचौउरमा आगलागी आधाकरोडबराबर क्षेती


 लोकप्रिय समचार
 सिन्धु पाल्चोक जिल्ला स्थित बलेफी गाउँपालिका  वडा नं ७ स्थित खाडीचैर बजारमा  आगलागी भएको छ 

आगलागीबाट अनुमानीत साठीलाख बराबर क्षेती भएको  जिल्ला प्रहरी कार्यलका सुचना अधिकारी प्रहरी नायब उपरिक्षक माधब प्रसाद  काफ्ले    ले    बताउँनु भएको छ । 
खाडीचौर बजारस्थित सुनकोसी अटो वर्कशपमा दिउँसो ४ः३० बजे अचानक आगलागी  भएको  खबर प्रहरीलाइ प्राप्त हुनसाथ  लामोसाघँु  प्रहरी चौकीबाट खटिइ गएका प्रहरी , शसस्त्र  प्रहरी   लगाएत  स्थानीय हरुको सक्रीयतामा आगो mनियन्त्रणमा लिइएको थियो ।
आगलागी   हुँदा वर्कसभित्र रहेका ३ वटा मोटरसाईकल र अन्य मोटरसाईकलका पाटपूर्जाहरु काम नलाग्ने भएका छन् ।
वर्कसपका सञ्चालक राजकुमार श्रेष्ठले  मोटरसाईकल मर्मतको काम गरिरहँदा एक्कासी छानोबाट आगोको झिल्का आएर आगलागी भएको बताउँनु भएको छ आगलागी का कारण  स्थानीय नविन लामाको फेन्सी पसलमा रहेका टीसर्ट पाइन्ट, जुत्ता लगायतका दश लाख बराबरका सामान नष्ट भएको  बताइएको छ ।  यो समचार तैयार पार्दा सम्म आगलागी केकारणले भएको  हो जानकारी हुन सकेको छैन ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.