डडुवामा अपाङ्गताभएका लागी कानुनी प्रशिक्षण संगै सञ्जालनिर्माण

 लोक प्रिय समचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ डडुवामा बैशाख १९ गते वडा स्तकाअपाङ्गताभएका समुदायकालागी सवालगतकानुनी प्रशिक्षण गोष्ठी सम्पन्नभएको छ ।गोष्ठीको अन्तमाचतुरबहादुर तमाङको संयोजकत्वमा ९ सदसिय वडा स्तरिय अपाङ्गता समन्वय समिति समेतनिर्माण भएको छ ।


प्रशिक्षण कार्यक्रमको उद्धघाटन गर्दैप्रमुखअतिथि वडा अध्यक्षशेरबहादुर श्रेष्ठले अनुसारचौतारा संगाचोकगढी नगरपालिका वडा नं १४ भित्रवसोवास गर्ने अपाङ्गताभएका समुदायको सहभागीतामाअपाङ्गताअधिकार
सम्वन्धि ऐन नीतिनियमकाप्रावधान, राज्य वाट प्रदानगरिने सेवा सुविधाहरु तथाप्राप्तगर्ने तरिकाहरुका साथै अपाङ्गताप्रकार, तथा परिचयपत्रवितरणका तौर तरिकाकाबिषयमा सचेतीकरण गर्ने उद्धेश्यले यो वडा स्तरमाअपाङ्गताभएका समुदायहरुकालागी प्रशिक्षण  गोष्ठीआयोजनागरिएको बताउँनु भयो।
कार्यक्रममाप्रशिक्षक नेपालबार एसोसियसनइकाई सिन्धुपाल्चोकका सचिवतथाअधिबक्ताभुपेन्द्र थिङले अपाङ्गताअधिकार सम्वन्धि संघिय तथा स्थानियतहका ऐन नीतिनियमकाप्रावधानहरुबारे प्रशिक्षण गर्नुभएको थियो भने,अर्का प्रशिक्षक सामुदायिकविकास तथावातावरण संरक्षण मञ्चकाकार्यक्रम संयोजक हरिप्रसादतिमल्सिनाले अपाङ्गताअधिकार, अपाङ्गताकाप्रकार ,
अपाङ्गताहुने कारण तथा घटाउने उपायहरुका साथै  राज्य वाट प्रदानगरिने सेवा सुविधाहरु र लिने तरिकाबारे स्पस्टगर्नुभएको थियो ।
गोष्ठीमा चौतारा सांगाचोकगढी नगरपालिकाकाकार्यपालिका सदस्य सागर परियारले सहजिकरण गर्दै अपाङ्गताअधिकारकालागीअपाङ्गताभएकाब्यक्तीहरुचुपलागेर बस्न नहुने, अधिकारकालागी संगठित आवाज उठाउन पर्र्नेे कुरामाजोड दिनुभयो । कार्यक्रम मा वडा सदस्यहरु भेष बहादुर खत्रीले सरकारले दिएको सुबिधालाइ दुरुपयोग गर्न नहुने र आफ्नो अधिकार  सुनिश्चतको लागी  आफै पनी अगाडी बढ्न पर्ने बताउँनु भयो ।
कार्यक्रममाबज्रयोगिनी अपाङ्ग मैत्री सहकारी संस्थाका अध्यक्ष समेत रहनु भएकाचतुरबहादुर तमाङको अध्यक्षतामागठन भएको अपाङ्गता समन्वय समितिको उपाध्यक्षमाज्यानीमायाँश्रेष्ठ, सचिवमाबोधकुमारी रिसाल, कोषाध्यक्षमा टिकाराममाझी रहनु भएको छ भने सदस्यहरुमा कान्छी मिजार,दधिलाल नेपाल,कुमार तमाङ, सगुन बस्नेत र संपूर्णा थापा मगर रहेको कुरा सामुदायिकबिकास तथावाताबरण संरक्षण मञ्चकी सामाजिक परिचालक मिना गुरुङले बताउनु भएको छ ।
कार्यक्रमचौतारा साँगाचोकगढी नगरपालिका वडा नं १४ को ब्यवस्थापनमा सञ्चालनभएको हो । कार्यक्रम मा वडा सदस्यहरु   बिष्णु मायाँ लामा  शर्मीला  रसाइली लगाएत अपाङ्गता भएका ब्यक्ती हरुको उपस्थिती रहेको वडा सचिब श्री आशिस श्रेष्टले बताउँनु भयो ।





, , , ,