हात्ती पाइलेसम्बन्धी अन्तर क्रिया सम्पन्न


लोक प्रिय समचार
,हात्ती पाइले रोग सम्बन्धी  एक दिने अन्तर क्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा  जिल्लाका १२ वटै स्थानीय तहका स्वास्थय संयोजक शिक्षा संयोजक  जिल्लाका सुरक्षा निकाय  तथा  सरोकार वालाहरु बिच अन्तर क्रिया गरिएको हो ।

अन्तर क्रिया कार्यक्रममा सहभागी हरुले हाती पाइले रोगको औषधी  सेवनका बारेमा चासो राखेका थिए । कार्यक्रममा बोल्दै  जिल्ला स्वास्थ्य कार्यलय सिन्धु पाल्चोकका प्रमुख डा पोमावती थापाले सरकारको लक्ष्य अनुसार सिन्धुपाल्चोकले कार्य सम्पादन गर्न सकेकोमा सबै स्वास्थ्य निकाय हरुलाइ बिशेष धन्यबाद दिनु भयो ।
कार्यक्रममा  साहयक प्रमुखजिल्ला अधिकारी भिम कान्त शर्माले  समय समयमा यसरी अन्तर क्रिया कार्यक्रम गरेर नागरिकलाइ कसरी स्वास्थ्य राख्न सकिन्छ भनेर अगाडी बढ्ने कार्य गरेकोमा जिल्ला  स्वास्थ्य कायृलयलाइ बिशेष धन्यबाद दिनु भयो । कार्यक्रमको संञ्चालन जिल्ला स्वास्थ्य कायृलय सिन्धुपाल्चोकका  जनस्वास्थ्य निरिक्षक  लक्ष्मी राज जोशीले गर्नु भएको थियो भने  जनस्वासथ्य नर्स सिता कुँबरले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा  हातीपाइले रोगका स्वास्थ्य बिज्ञ  केशब शाहले रोगका बारेमा जानकारी गराउँनु हुदै रोगको नियन्त्रण का बारेमा जानकारी दिनु भएको थियो ।
  राष्ट्र्ीय हात्ती पाइले रोग निबारण कार्यक्रम अन्तरगत गरिएको एक दिने अन्तर क्रिया कार्यक्रममा नेपालका ६३ जिल्लामा हात्ती पाइले रोगको जोखिममा रहेको बताइएको थियो २०२० सम्म  जन स्वास्थ्यको समस्याको रुपमा रोगलाइ  देखा पर्न नदीने  लक्ष्य सहित  कार्यक्रम  संञ्चालन  गरिएको जानकारी गराइएको छ । कार्यक्रममा बिभिनन पालकिाका स्वास्थ्य संयोजक तथा शिक्षा स.योजकहरुले आआफ्नो धारणा राख्नु भएको थियो ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.