भुमीअधिकार मञ्चले गर्यो मालपोत घेराउ ।


जिल्लाभूमिअधिकार मञ्चसिन्धुपाल्चोकले बुधबार मालपोत र नापीकार्यालयमा घुस तथा भ्रस्टचार भएको आरोप लगाउँदै  यसका  बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गरेको छ ।

जिल्लाका १२वटै स्थानीय तहका तातोपानी देखि हेलम्बु सम्मकाजमिनमाप्रत्येक्ष  कामगर्ने  सयौँ किसानको सहभागीतामा प्ले कार्ड र नारा सहितको ¥यालीले चौतारा बजार परिक्रमागरी मालपोत कार्यालयमा पुगेर धर्ना र घेराउ गरेको थियो ।
मालपोतमा र नापीकार्यलयमा , घुसखोरी तथा भ्रस्टचार भएको आरोपका  साथ उपस्थित बिरुद्धकिसानहरुको ¥यालिचोरी दर्ता बन्द गर, घुसखोरी अन्त गर, गुठि जग्गा रैकर गर, बेदर्तावालमोहि दर्ता गर जस्ता बिभिन्ननारा सहितमालपोत कार्यालय धर्ना मा पुगेका थिए ।मालपोत कार्यालय, नापी,कार्यलय जिल्लाप्रशासनकार्यालय लगायतका निकायहरुमा अघिल्लो दिन नै अपिल सहितको कार्यक्रमको बारेमा  जानकारी गराइएको केन्द्रीय सदस्य पातली थामीले बताउँनु भयो  ।
धर्ना संगै किसान तथा किसान नेताहरुले भूमिमा श्रम गर्ने किसानका समस्याकाबारेमाबिचारहरु ब्यक्त गरेका थिए ।  यसै क्रममा किउलका ८४ वर्षिय किसान सोभ राम बिकले भने पुस्तौँ देखि जोतेको गुठी जग्गाको प्रमाण लिन ३१ वर्ष देखि लागियो अहिले सम्मअधिकार पाउन सकिएन, कहिले पाइन्छ ?किसानकै सरकार आयो भन्थे खै  कामहुँदैन के भएको हो ?कर्मचारीहरु भ्रस्ट भए,उनिहरु पैसा हुनेको मात्रकामगर्छन भन्दै दुखेसो पोख््नु भयो ।
त्यसै गरी राम्चेकी डम्वर कुमारी थामीले  मैले साहुको जग्गाजोतेको ३ पुस्ताबित्यो म संग मोहिका प्रमाणपनी छन् मैले मोहि हककालागीनिवेदनहालेको १४ वर्ष भयो यो माल अड्डा मलाईमात्रतारेखमा राख्छ,अहिले सम्म साहु लाइम्यादतामेलिमा पठाउँदैन भन्नु हुँदै आक्रोस पोख्नु भयो  । त्यस्तै कार्यक्रममा नेकपाकाजिल्ला नेता यज्ञ सापकोटाले सम्वोधनगर्दै  मालपोतमा  कसैको  प्रमाण नपुगेको काम समेत हुने कसैको प्रमाण पुग्दा सम्म पनी काम नहुने हुँदा यसमा सबै सचेत हुन पर्नै उदाहरण समेत स्पस्ट पार्नु भयो  । उँहाले आफ्नो पाटी सँधै किसानको पक्षमा रहेको बताउँदै मालपोतमा मात्र होइन अन्यत्रमा पनी कुनै कर्मचारीले अनाबश्यक रकम असुल्ने काम  गरेको पाइएमा आरोप मात्र होइन  प्रमाणका साथ सुरक्षाकर्मीलाइ खबर गर्न अनुरोध गर्नु भयो । नेकपामालेका कृष्ण बहादुर ठकुरी ले पनी किसानको आन्दोलनमा ऐक्यवद्धता जनाउँनु भएको छ  ।
कार्यक्रको अतिथीका रुपमाआउँनु भएका रष्ट्रिय भूमिअधिकार मञ्चका केन्द्रिय सदस्यनबराज गुरागाईले भने आज ५९ जिल्लामा यो मालपोत र नापीकार्यलयमाहुने अनियमिततातथा भ्रष्टचारका बिरुद्धको सांकेतिकधर्ना हो ।
यसलाई सामान्य रुपमानलिन अनुरोध गर्दै यस्ता गतिविधी नरोकिएयसको मुल्यमहँगो पर्ने कुरा बताउँनु भयो  ।उँहाले सिन्धुपाल्चोकजिल्लामा  १६८ नामका गुठि छन् तर मालपोतको रेकर्डमा ४७को मात्र प्रमाण छ।। उहाँले  हामी सवै कर्मचारी भ्रस्ट छन् भन्दैनौँ  रम्रो काम गर्ने लाइ सम्मान गर्छौ, केहि बदमास छन् तिनको निगरानी भइरहेको छ, बेमानलाइ त्यसै छाड्ने छैनौँ भन्नु भयो । त्यसै गरि अर्का केन्दीय सदस्य पातली थामीले किसानमारा भूमिनिती र भ्रष्ट कर्मचारीको कारण किसान हरु मारमा परेको बताउँनु भयो। उँहाले किसानलाई अपमानितगर्ने जो कोहि पनी अपराधी हो,  त्यस्तालाइ भ्रष्टचारी नभने के भन्ने त  भन्ने  प्रशन राख्नु भयो ।
कार्यक्रम बजारमा  ¥याली पछीे २ घण्टाकोमालपोत कार्यालय धर्ना गरेर समापनभएको थियो कार्यक्रमभूमिअधिकार मञ्चकाजिल्लाअध्यक्षफुर्पा साङबो दोङको अध्यक्षता भएको थियो भने  जिल्ला सचिवशिव सापकोटाले कार्यक्रम  सञ्चालन गर्नूभएको थियो ।

, , ,