पाँचपोखरी थाङ्गपाल प्रदर्शनीय कलामा आवासीय कार्यक्रम हुने



लोकप्रियसमचार
सिन्धुपाल्चोक जिल्लाको पाँचखरी थाङ्गपाल गाउँपालिका, मा कला–संस्कृतिका हातेमालो (प्रदर्शन कलामा आवासीय कार्यक्रम) हुन लागेको छ । यो कार्यक्रमका लागी कलाकार छनौट भइसकेको छ । कार्यक्रम २०७६को जेठ १ देखि शुरु भएर  ११ सम्म  सञ्चालन हुने छ।

खाश गरिस्थानिय कलाकार संग सहकार्य गर्दै, स्थानिय मानिसका इतिहास र दैनिक रहनसहनका अभिव्यक्तिमा प्रेरणा खोज्ने  कार्यक्रम रहेकाछन् । पाँचपोखरी थाङ्गपालमा हुने १० दिने आवासीय कार्यक्रमले सहरीय र ग्रामिण भागका कलाकार बिचको दुरी घटाउने बिश्वास लिइएको छ ।यसका साथै  कलाका विधाहरूमा लगाइएको बाँध तोड्न कोशिश गर्नेछ।
‘शास्त्रीय’ कत्थक, ‘समकालीन’ गिटार, पश्चिमा गायन र ‘संस्कृतिक’ नाच, बाजा र गीत लेखन जस्ता फरक मानिएका कलाका विधाहरु बिच अर्थपूर्ण आदानप्रदान गरिनेछ। पाँचपोखरी थाङ्गपालमा स्थानिय जनजाती – तामाङ्ग र ह्योल्मो समुदायले ७०% भन्दा बढी जनसंख्या ओगटे पनि ऐतिहासिक रुपमा हेर्दा अर्थ, राजनीति र शिक्षाको क्षेत्रमा वर्षौ देखि संघर्ष गर्दै आएको छ। यहाँको ९०% जनसंख्याले अझै आफ्नो भाषा प्रयोग गर्छन्। आफ्नो इतिहास र विशेष पहिचानको महत्वलाई बुझी समुदायले गीतहरुको पुनलेखन गर्दै, पुराना संगीत पुनजिवित पर्दै आफ्नो अमूर्त सम्पदाको संरक्षण गर्ने प्रयासरत छन्। यस्तो समयमा यस कार्यक्रमले सिन्धुपाल्चोक र काठमाडौँको कला र स्थानिय सृजनात्मक श्रोतको बुझाइ र कदरलाई बलियो पर्ने आशा लिएको छ ।
शिक्षा फाउन्डेसन नेपाल, सृजनालय र पाँचपोखरी थाङ्गपाल गाउँपालिकाको संयुक्त पहलमा जुलाई २०१८देखि सुरु भएको ३ वर्षे पहल “आर्ट वर्कस! संगै खेलौँ, सिन्धुपाल्चोक” अन्तर्गत यस कलाकारहरुको आवासीय कार्यक्रम संचालन भइरहेको छ। यस पहलले शिक्षक र प्रधानाध्यापकहरुको क्षमता विकास गरी निम्न माध्यमिक तहमा विज्ञान, गणित, अंग्रेजी, नेपाली, सामाजिक शिक्षा, मातृभाषा जस्ता विषयगत क्षेत्रहरुमा दृश्यकला, संगीत, नृत्य र सृजनात्मक लेखन जस्ता कलाका विधाहरु समाबेसगर्दैछ। यस पद्धतीमा कलाले शिक्षण र सिकाईको प्रक्रियामा मुख्य भूमिका खेल्दछ।
पाँचपोखरी थाङ्गपालका जेहेन्दार तथा उत्साहित शिक्षकहरुको सहकार्यमा शिक्षक श्रोत पुस्तिका बनाइदैछ। सो श्रोत पुस्तिकालेविद्यार्थीहरुको विद्यालय भित्र र बाहिरको सिकाइ बिचको अन्तर घटाउन कक्षाकोठामा स्थानिय श्रोत र स्थानिय कलालाई प्रयोग कसरी गर्न सकिन्छ भन्ने प्रश्नका निश्चित, मुर्त उत्तरहरु प्रदान गर्नेछ। आवासीय कलाकारका कलाकृति यस श्रोत पुस्तिकामा र शिक्षक प्रशिक्षणमा विभिन्न तरिकाले प्रयोग गरिनेछ। सृजनालय कला मार्फत सिकाइकालागि सुरक्षित ठाउँ बनाउन लागी परेको गैरसरकारी संस्था हो र नृत्य आँगन शास्त्रीय तथा समकालीन नृत्यकालागि संचालन भइरहेको नृत्य–स्टुडियो हो। यस योजनालाई आर्ट्स नेटवर्क एशियाले सहयोग गरेको छ।
आर्ट्स नेटवर्क एशिया स्वतन्त्र कलाकारहरुको समूहद्वारा स्थापित अनुदान निकाय हो, जसले एसियाली कलाकारलाई सक्षम बनाउन उनीहरु बिच एसिया भित्रै सुरू र स्थित हुने सहकार्यहरुलाई प्रोत्साहन गर्छ। कार्यक्रममा कत्थक नृत्यांगना, कोरियोग्राफर र कला शिक्षिका सुबिमा श्रेष्ठ को बिशेष प्रस्तुतीका साथमा उपस्थित  हुनुहुन्छ । दिल्ली स्थित श्री राम भारतीय कला केन्द्रबाट कत्थकमा स्नातोकत्तर प्राप्त गर्नू भएको उहानृत्यको शिक्षणमा हरेक विद्यार्थीको व्यतित्वलाई नाचमा पहिचान र प्रोत्साहन गर्नुहून्छ।  उाहँको ‘महिला विरुद्धको हिंसा’, ‘पृथ्वी शरीर र मन’ जस्ता उहाका रचनाहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय कला महोत्त्सवहरुमा प्रस्तुत भइसकेका छन्।कलाकारहरुको  समूहमा एक पेशावर शास्त्रीय नृत्यांगना, टुंगनामा विशेष रुचि राख्ने मौलिक संगीत विशेषज्ञ, गायनमा केन्द्रित रहेकी संगीत चिकित्सक र मिश्रित माध्यम मार्फत कला सृजना प्रयोग गर्ने कलाकार हरुको समेत प्रस्तुत रहनेछन्। श्याररे बज्राचार्यले  प्रक्रियालाई क्युरेटरको भूमिकामा साथ दिनुहुने छ।हालै सन् २०१८को डिसेम्बरमा आयोजित एक कार्यक्रममा कत्थकलाई मौलिक नेवारी गीतमा प्रस्तुत गरी सक्नु भएको  सुबिमा श्रेष्ठकत्थक कलाकारको साथ रहने छ त्यसै गरिअग्रिम्ले पूर्वीय शास्त्रीय संगीतका विभिन्न शैलीको विस्तृत समझ बोकेका  सितार, सरोद जस्ता तार बाजा र तबला जस्तो ताल बाजासंग राम्रो सित परिचित रहेकाअग्रीम लामा काठमाडौँ विश्वविद्यालयबाट ओरज्ञानोलोजीमा केन्द्रित रहेर कलामा स्नातोकत्तर प्राप्त गर्नूभएको छ। मौलिक संगीतलाई शिक्षा, समुदाय र संसारमा फिर्ता ल्याउने ओरज्ञानोलोजी
– बाजाविज्ञानको विशेष भूमिका रहन सक्ने उहाको धारणा छ। उहाको अनुसन्धान रसुवा जिल्लाका तामाङ्ग समुदायको एथ्नो(म्युजिकमा रहेको छ। आफ्नो संस्कृतिको अमुल्य सांगीतिक विरासतलाई पुनर्जी्वित पार्न बाजाविज्ञानमा आजीवन प्रयास रहने बताउँनु हुने लामाको सहभागीताले झन स्थानीय बासीहरु उत्साहीत हुने छन । त्यस्तै आर्कासंगीत चिकित्सक (म्युजिक थेरापिस्ट) श्रीति प्रधान रहनु भएको छ ।उँहासंगीत चिकित्सक, संगीतकार र राङ्ग्जुङ्ग येशे इन्स्टीट्युटमा बौद्ध अध्ययनकी विद्यार्थी हुुनु हुन्छ ्। सन् २०१५मा  भारतको नयाँ दिल्ली स्थित द म्युजिक थेरापी ट्रस्टबाट क्लिनिकल संगीत चिकित्सामा प्रशिक्षण हासिल गर्नू भइ विभिन्न स्थानिय समुदाय, स्थानिय संस्था र गैरसरकारी संस्थाहरु संग सहकार्य गर्दै अटिजम केर, न्युरो–रिह्याबिलिटेसन (स्नायु प्रणालीमा लागेको चोटको उपचार), लैङ्गिक एवंम यैनिक अल्पसंख्यकका अधिकार र बाल अधिकारको क्षेत्रमा काम गरीसक्नु भएको छ ।स्कुल अफ पपÞmर्मिङ्ग आर्ट्स (स्पाक) मार्फत मानसिक स्वास्थ्य चिकित्सा र सिकाइ सम्बन्धिका अपाङ्गतासंग काम गर्ने केन्द्रहरूमा काम गर्दै संगीत हेरविचारकर्ताहरुलाई  प्रशिक्षण दिदै भावनात्मक स्थिरता कायम हुने गरि  संगीत चिकित्सा सेवा स्वतन्त्र रुपमा पनि दिदै कलात्मक सहकार्य र वृतचित्र, कलात्मक चलचित्र र स्थानिय नाटकहरुको लागि संगीत रचनामा रहनु भएका श्रीतीको समेत  उपस्थित रहने छ त्यस्तै अर्का मिक्स मिडिया कलाकार (मिश्रित माध्यम कलाकार)प्रणव नारायण मानन्धर रहनु भएको छ उँहा काठमाडौँमा केन्द्रित रहेका मिक्स मिडिया कलाकार हुन्हुन्छ। रेकर्ड गर्न मिल्ने कलामा प्राथमिक रुचि राख्ने मानन्धरले क्यामेरा र ध्वनि रेकर्डिंगको इलेक्ट्रोनिक मध्यम मार्फत आफ्नो कला सृजना गर्ने गर्नु भएको छ । डोनाल्ड वेबर र ओलिवर भोदेबबाट उनले नन–फिक्सन भिज्वल स्टोरीटेलिंग वर्कशप (२०१६)मा भाग लिएका  हाल  वाईएंडसी नामक मल्टिमिडिया एजेन्सीसंग कार्यरत रहनु भएको छ।त्यसै गरि श्याररे बज्राचार्य कलाका मध्यमबाट सिक्ने वातावरण सृजना गर्ने कलाकार तथा शिक्षकहरुको एक समुदायको अंश को रुपमा हुनुहुन्छ् ।े हालै खोज इन्टरन्यासनल अर्तिस्ट्स अस्सोसिएसन, दिल्लीबाट क्युरेटोरियल फेलोसिप पुरा गर्नु भएका काठमाडौँ विश्वविद्यालयको सेन्टर फर आर्ट एंड डिजाइनबाट पेन्टिंग र कला शिक्षामा स्नातक, तफ्स युनिभर्सिटीबाट प्रारम्भिक बाल विकासमा स्नातक र युनिभर्सिटी अफ पेन्सिलभेनियाबाट शिक्षा, संस्कृति र समाजमा स्नातोकत्तर पुरा गरिसक्नु भएकाृ छ ।  काठमाडौँ त्रिएनाल २०२०की निर्देक समेत रहनु भएको बज्राचार्य २०१३मा कलालाई शिक्षामा ल्याउने उदेश्यले संस्थापक गरिएको सृजनालयकी संस्थापक सदस्य र हालको अधक्ष्य  समेत रहनु भएको छ ।







, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.