असार भित्रसिपाजी खुल्लादिशामुक्त हुने
लोक प्रिय समचार ,सिन्धुपाल्चोक जिल्लालाइ  यही असार मसान्त  भित्र खुल्ला दिशामुक्त घोषणा गर्ने भएको छ । उक्त कुरा बिहीबार बसेको जिल्ला खानेपानी स्वच्छता सम्मन्वय समितीको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा  अहिले सम्म देशका ६४ जिल्ला खुला दिसामुक्त घोषणा भइ सकेको जानकारी गराइएको थियो  । कार्यक्रममा अब  यसै साता ६जिल्ला घोषणाको तयारीमा  रहेका जानकारी गराइएको थियो ।

बैठमा बेल्दै सम्मन्वय समितीका अध्यक्ष तथा जिससका प्रमुख कृष्ण गोपाल तामाङ्गले सिन्धुपाल्चोक जिल्लालाइ खानेपानीको ब्यबस्था गर्न बत्तीस करोड रुपैया बिनीयोजन भएको र उक्त रकम यसै आबमा सक्न पर्ने भएकाले  योजना छनौट गर्न आग्रह गर्दै असार मसान्त सम्म मा जिल्लालाइ खुल्ला दिशामुक्त घोषणा गर्न सबै पालीकाहरुलाइ  अनुरोध गर्नु भयो । जिल्ला सम्मन्वय समितीका उप प्रमुख बालकुमारी सापकोटाले सिन्धुपाल्चोक जिल्लालाइ भुकम्प अगाडी नै घोषणा गर्न तैयारी भएकोे भएता पनी भुकम्पका कारण रोकीएको र अब फेरी  घोषणा  गर्नका लागी बिभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु लागी परेको बताउँनु भयो ।   कार्यक्रममा बाह्र्रबिसे नगरपालीकाका  प्रमुख  निमफुन्जे शेर्पाले  बाह्र्बिसे नगर पालीका जती खेर पनी  खुला दिशामुक्त पालीकाको घोषणा गर्न तैयार रहेको बताउँनु भयो भने चौतारा साँगाचोकगढी नगरपालीकाका  प्रमुख अमानसिं तामाङ्गले आफनो नगर पालीकामा १४वटा वडा भएको कार्यपालीका पनी भएकोले आफु एक्लैले मिती घोषणा गर्न नसकिने बताउँदै चौतारा नगरपालीका वडा नं ५लाइ खुला दिशामुक्त घोषणा गर्न कुनै समस्या नभएको बताउँनु भयो । उँहाले सबै साथीहरु बसेरँ केही समस्या रहेछ भने समधान गरि कार्यक्रम अगाडी बढाउँने बताउँनु भयो ।  त्यसै गरि इन्द्रवती गाँउपालीकाका प्रतिनीधी  राजाराम घोरासैनीले  पुन निर्माणका कार्य सम्पन्न सँगै  सबैको घरमा शौचालय बनी सक्ने भएकाले  त्यस  समय सम्म  आफ्नो पालीकाले के गर्ने भन्ने बिषयमा छलफल नगरी  निर्णयमा नपुगीने बताउँनु भयो ।  सिन्धुपाल्चोक जिल्लामा १२वटा स्थानीय तह भएता पनी बाह्र्बिसेनगरपालीकाका प्रमुख निमफुन्जे शेर्पा  र चौतारासाागाचोकगढी नगर पालीकाका प्रमुख अमानसिं तामाङ्ग मात्र बैठकमा सहभागी हुनु भएको थियो । खानेपानी तथा सरसफाइ  डिभिजन कार्यलयका  भवानी हुमागाइ सापकोटाले संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्रालयले यसै आव भित्र देशलाइ नै खुला दिसामुक्त गर्न पत्राचार गरेका कारण असार १५ भित्र घोषणा गर्न पर्ने बताउँनु भएको छ । यस अघि सन् २०१७ सम्ममा जिल्लालाई खुला दिसा मुक्त क्षेत्रघोषणा गर्ने प्रतिवद्धता व्यक्त भएकोजिल्लाको रणनीतिक कार्ययोजना तयार गरी २०७२ वैशाख सम्म (भुकम्प अगाडी साविकका ६७ गाविस(हालका ८५ वडा हरु कुल ६५२४४ घरधुरी मध्य ६४२७१ घरमा शौचालय वनी करिव ९९ प्रतिशतमा शौचालयको पहुंच पुगेको ले  २०७२ जेठ १८ गतेलाइ जिल्ला खुला दिसामुक्त घोषणाको  तय गरिएको मा  भुकम्पका कारण रोकीएको थियो । भुकम्प  पश्चात ८८२४९ घरधुरी पहिलो किस्ता लिएका लाभग्राही मध्य ६३८४४ घरले तेश्रो किस्ता ७२.३५ प्रतिशतले लिएको  र किस्ता लिँदा अनीबार्य शौचालय हुन पर्ने ब्यबस्था भए अनुसार   ७२.३५ले शौचालय निर्माण गरिसकेका र  बाँकी ले पनी शौचालय नै प्रयोग गरिएकोले   खुला दिसा मुक्त जिल्ला घोषणा हुन  योग्य रहेको सरोकारवालाहरुले बताएका छन । कायृक्रममा अब बाँकी १७ वटा वडाहरु  रहेका छन जसमा भोटेकोशी गाउपालिका ः  लिस्ती १ ततोपानी २ र ३ गरी३ वडाहरु छन ।बाह्र्बिसे ३,४, ९गरी ३वडा  र बलेफी ४,५,६,७,८ गरी ५ वटा वडा जुगल२ र ३ गरी २वटा चौतारा साँगाचोकगढी नगरपालीकामा एउटा वडा वडा नं ५ इन्द्रवती गाँउपालीकामा  दुइ वटा वडा ११,१२ र मेलम्चीमा एउटा वडा नं १३ गरी जम्मा १७ वटा वडा बाँकी रहेकाछन यो वडाहरुलाइ पनी तत्काल घोषणा गरेर जिल्ला घोषणा गर्ने तैयारी गरिएको हो  ।  कार्यत्रमका बारेमा जिल्ला खानेपानी तथा सरसफाइ  डिभीजनकार्यलयका  भवानी हुमागाइ सापकोटाले  प्रकाश पार्न भएको थियो ।





, , , , ,