पत्रकारद्वारा प्रशासनमा धर्ना

  लोकप्रियसमचार सिन्धुपाल्चोकप्रेसलाई अङ्कुस लगाउनेगरी ल्याउन लागिएको विधेयकको बिरोधमा शुक्रबार नेपाल पत्रकार महासघ जिल्ला शाखा सिन्धुपाल्चोकका पत्रकारहरुले कालो पट्टि बाधेर जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार सामग्री सहित धर्ना दिएका छन् ।  सञ्चार सम्बन्धी विधेयकका केही प्रावधान परिमार्जन गर्न दबाब दिदै जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको हो ।  विधेयकमा १ करोड रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान राखेपछि चौतर्फी विरोध भईरहेको छ ।


पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका उपाध्यक्ष  ज्ञानेन्द्र तिमल्सिनाले  सञ्चार सम्बन्धी विधेयकमा सञ्चारकर्मीले सम्प्रभुता विरुद्ध समाचार लेखेमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना गर्ने भन्ने प्रावधान तुरन्त संशोधन गर्न आग्रह गर्नुभएको हो ।
उपाध्यक्ष तिमल्सिनाले  समाज रुपान्तरणको सारथी रहेको पत्रकारिता जगतलाई प्रतिकुल असर पर्ने कुनै पनि काम नगर्ने प्रतिवद्धता सरकारले गर्नुपर्ने बताउनुभयो । विधेयकमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने भएकाले विधेयकका केही प्रावधान सच्याउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय  बाहिर  सञ्चार साधन सहित प्रदर्शन गरीएकोे महासँघका पुर्व अध्यक्ष युवराज पुरीले जानकारी दिनुभयो । पहिलो चरणको आन्दोलन सकिने र सरकारले अझै पनि मागको सुनुवाई नगरे दोश्रो चरणको आन्दोलन कडा रुपले आउँने र त्यस पछी सरकार नै सङ्कटमा पर्न सक्ने बताउँनु भयो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.