समचार का प्रभाबले पाउँने भए बर्दियाका मज्दुरहरु ले ज्याला


अनोज थारु, बाँसगढी बर्दिया, जेठ ५ गते
बर्दिया बाँसगढीका मज्दुरहरु २०७४ साल चैत ७ गते बर्दियाबाट कामको खोजिमा सिन्धुपालचोक पुगे ।




त्यहि क्रममा बलेफी गाँउपालिका वडा नं ३ स्थित सिमा सिंह आधारभुत बिद्यालयको भवन निर्माण गर्ने काम पाएका थिए ।
काम त पाए तर ज्याला भने १ वर्ष विती सक्दा पनि पाउन नसके पछी   केही दिन पहिले रेडियो गुर्वावा एफ.एम बर्दिया र सिन्धुपाल्चोक जिल्लाका रेडियो, पत्रपत्रिका अनलाई मिडियाहरु बाट ब्यापक रुपमा प्रचार प्रसार भए पछीआधा रकम पाएको मन्तराम थारुले बताउनु भयो ।
बर्दियाका १९ जना मज्दुरहरुको ३ लाख १० हजार ९सय मध्य, १ बर्ष पछि १ लाख ५० हजार रुपैँया पाएको हरिराम थारु ले बताउँनु भयो ।उँहाले मिडियाले खेलेको भुमिका एकदमै सरह्रनिया छ । बर्दिया र सिन्धुपाल्चोकका विभीन्न मिडियाको पहलमा आधा पैसा  पाएकोमा सबै जनालाई धन्यवाद दिनुका साथै बाँकी पैसाको लागि पहल गर्न समे आग्राह समेत गर्नु भयो ।
ढिलै भएपनि आधा पैसा हातमा प¥यौ तर पुरा पैसा पाएको भए अझ राम्रो हुने बिक्रम चौधरीको भनाई रहेको छ । राम प्रासद थारु भवन निर्माण काममा मेन मिस्त्री भएर काम गरे तर आधा मात्रै पैसा पाएको बताउनु हुन्छ । कामदारले काम गरेको केही ज्याला पाए पनि अझै १ लाख ६० हजार ज्याला पाउन बाँकी रहेको जनाएका छन । पाँउन बाँकी ज्याला सिन्धुपालचोक बलेफी गाँउपालीकाका ठेकेदार धन बहादुर तामाङ्गले केही हप्ता पछि पठाईदिने फोन मार्फत जानकारी दिनु भएका छ ।


, , ,