नेपालमा पहिलो पटक वल्र्डफ्लुबाट मानीसको मृत्यू

लोकप्रिय समचार
  के तपाइ लाइ थाहा छ । मानीसलाइलपनी बर्ड फ्लु रोग लागेको कारण ज्यान गुमाउँन परेको छ ।  हाम्रो देश नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु  रोग भेटिएको छ । बर्ड फ्लुबाट काभ्रेका  एक युवकको मृत्यु  समेत भएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । मृतक युवकको ठेगाना काभ्रे भए पनी नाम भने गोप्य राखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएको थियो । भोलिपल्ट  घाँटीर्को याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयको थियो । सोही दिन उहँलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उहँको उपचारकै क्रममा मृत्यु भयको मन्त्रालयले जनाएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भाइरसको प्रकार पत्ता लाग्न नसके पछी  जापानस्थित विश्व स्वास्थ्य संगठन प्रयोगशालामा र्यालको नमूना पठाइएको थियो ।बिश्व स्वास्थ्य संगठन प्रयोगशालाको वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।मन्त्रालयका अनुसार अरु विरामीमा भने एच फाइट एन वानको संक्रमण देखिएको छैन । एच फाइट एन वान भाइरसले पंक्षीबाट संक्रमण गर्छ र कहिले काहीँ पक्षीबाटै मानिसमा समेत सर्छ ।