सुन्दर भविष्यका लागि सुन्दर वालापन


 लोकप्रिय समचार आर्थिक रुपले पिछडिएका तर जेहेन्दार छात्रछात्रालाई सहयोग भएपछि जिल्लाका धुस्कुन, पिस्कर र बाह्रबिसेका बालबालिका नियमित रुपले विद्यालयल जान थालेका छन् । ग्रामीण महिला सिर्जनशिल परिवारले जोहानेटारको सहयोगमा जिल्लाका बाह्रबिसे नगरपालिकाका वडा नं. १, २ र ७, त्रिपुरासुन्दरी गाउँपालिकाका १, २, ३ र ४ र लिसंखुपाखर गाउँपालिकाका ४, ६ र ७ नं. वडामा सुन्दर भविष्यको लागि सुन्दर वालापन कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई सहयोग गर्दै आइरहेको छ ।








संस्थाले विपन्न बालबालिकालाई शैक्षिक तथा लत्ताकपडा, झोला तथा जुत्ता सहयोग गरेको छ भने गरिव तथा जेहेन्दार बालबालिकाका अभिभावकलाई आयआर्जन सहयोग गर्दै आइरहेको सुन्दर भविष्यका लगि सुन्दर बालापन कार्यक्रम संयोजक एकलव्य राईले बताउनुभयो । अभिभावकहरुलाई बाख्रा तथा कुखुरापालन सहयोगको लागि २० हजार आर्थिक सहयोग गरिएको समेत उँहाले  बताउँनु भएको छ ।
ग्रामीण महिला सिर्जनशिल परिवारकी कविता राउतका अनुसार सुन्दर भविष्यका लागि सुन्दर बालापन अन्तर्गत पालिका स्तरीय र वडास्तरीय बाल संरक्षण समिति गठन तथा परिचालन गर्दै आइरहेको छ । संस्थाले साविक ११ गाविसका २३ माध्यमिक विद्यालयमा बाल क्लव गठन गरी परिचालन गर्दै आइरहेको छ ।
महेन्द्रप्रताप माविका शिक्षक दिपक नेपालले बाल क्लव गठन गरिसकेपछि उनीहरुको सक्रियतामा अतिरिक्त क्रियाकलाप, विद्यालय सरसफाई, बालविवाह रोक्न विभिन्न खाले सचेतना कार्यक्रम सञ्चालन भएको र समुदाय तथा विद्यालयमा सकारात्मक प्रभाव पारेको बताउँनु भयो । 
बालक्लवको सक्रियतामा बालविवाह रोक्न सचेतना कार्यक्रम, छात्राको लागि सेनेटरी प्याडको व्यवस्था, सिर्जनशिल तालिमहरु सञ्चालन गरी विद्यालयमा स्वच्छ वातावरणको निर्माण गर्न पहल गरिएको मंगलमाई बालक्लवका अध्यक्ष शान्ता सुनुवारले बताउनु भयो ।

, , , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.