नर्सहरुको माग सम्बोधन गर्न काँग्रेसको माग


 लोकप्रिय समचार जेष्ठ ८,
नेपाल िकाँग्रेसले बिभिनन माग हरु राखी आन्दोलनरत नर्सहरको माग तत्काल सम्बोधन गर्न सरकार सँग माग गरेको छा ।

नेपाली कााग्रेसको प्रमुख सचेतक बालबकृष्ण खाँड द्धारा जारी बिज्ञेप्तीमा उक्त कुरा जनाइएको हो ।बुधबार प्रकाशीत बिज्ञेप्तीमा स्वास्थ्य सेवामा आबद्ध नर्सहरुको पेशागत हकहित, सुरक्षा एवं न्यूनतम सेवा सुविधाको माग राखी गत बैशाख २७ गते देखि अनशनरत नर्सको माग हालसम्म पनि राज्यबाट सम्बोधन नभएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको छ ।
अनशनको १४ औं दिन वितिसक्दा सम्म पनि अनशनरत श्री जिता बरालको मागहरुलाई सरकारबाट सुनुवाई नहुनु दुःखद पक्ष हो । अनशन बसेकी नर्सको स्वास्थ्य स्थिति दिनप्रति दिन विग्रदै गइरहेकोले उहाँको जीवन रक्षाको प्रमुख दायित्व राज्य पक्ष हो र यस विषयमा सरकार गम्भिर हुनु पर्दछ ।सरकारी पक्ष र अनशनरत पक्षबीच यथाशीघ्र वार्ता गरी सम्वादको माध्यमबाट पेशागत हकहित र अधिकार सम्बन्धित सबै जायज माग पुरा गर्न वर्तमान सरकार समक्ष नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ  भनीएको छ ।


, ,