मेलम्चीको शितलादेबीले मनायो बार्षीक उत्सबलोक

प्रिय समचार जेठ ८गते  सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकाको  शितला देबी माबीले आफनो बार्षीक उत्सब मनाएको छ । नगरपालीका वडा नं  १० शिखरपुरमा रहेको शितला देबि माध्यामिक विद्यलयले बुधबार  एक कार्यक्रमका बिच ५८ औ बार्षिकोत्सब मनाएको हो । पुर्व कानुनमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का साम्सद  शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा बार्षीक उत्सब मनाइएको हो । बर्षिकोत्सबको अवसरमा जिल्ला शिक्षा बिकाश तथा समन्वय इकाइको सहयोगमा निर्मित ६ कोठे भवनको उद्घाटन पनि गरिएको थियो  ।
विद्यालय ब्यबस्थापन समिती अध्यक्ष भोलानाथ आचर्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा बिकाश तथा समन्वय इकाइ सिन्धुपाल्चोकका प्रमुख गौरीशंकर पाण्डेको विशेष आतिथ्यता साथै छिमेकी बिद्यालयहरुको प्रतिनिधि शिक्षकहरु तथा अभिभाबकहरुको उपस्थिति मा कार्यक्रम  सम्पन्न भएको हो । कार्यक्रममा बिद्यार्थीहरुले संस्कृत कला प्रदर्शन गरेका थिए भने अभिभाबक तथा छिमेक बिद्यालयका प्रतिनिधीहरुले शुभकामना मन्तब्य दिएका थिए ।


,