जापानी येन २५करोड लिने सरकारको निर्णय


लोकप्रिय समचार  काठमाण्डौ नेपाल सरकारले जापान सरकारबाट Project for Human Resource Development Scholarshipअन्तर्गत प्राप्तहुने करिब रु. २५ करोड ६० लाख (जापानी येन २५ करोड) अनुदान सहायता स्वीकार गर्ने भएको छ । 
नेपाल सरकारका प्रबक्ता तथा सुचना तथा प्रबीधिक मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिनु भएको छ। मन्त्री परिषदको जेठ ६ गते सोमबार बसेको बैठकले उक्त निर्णय गर्नुका साथै भन्सार ऐनको नयाँविधेयकतर्जुमागर्न सैद्धान्तिक स्वीकृतिदिने विदेशीलगानीकालागिन्युनतम सीमाप्रतिविदेशीलगानीकर्ता नेपाली रूपैयाँपाँच करोड तोक्ने  खानीतथाखनिजपदार्थ सम्बन्धीविधेयक, २०७६ तर्जुमागर्न सैद्धान्तिक स्वीकृतिप्रदानगरिने भएको छ  ।मेलम्चीखानेपानीको हेडवर्कस् तथा सुरूङ्ग निर्माण कार्यमाविशेष परिस्थितिसिर्जनाभएकोले मेलम्चीखानेपानीआयोजनाको सम्पन्नगर्न बाँकी सम्पूर्ण कामतत्कालै अगाडि बढाउने र तत्सम्बन्धमाआवश्यककामउपयुक्त ढङ्गले व्यवस्थापनगर्ने निर्णय गरिएको छ । मन्त्री बास्कोटाका अनुसार नेपाल र फिनल्याडका परराष्ट्र मन्त्रालयबीचद्विपक्षीय परामर्श संयन्त्र स्थापनागर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट समकक्षीमिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृतिदिइएको छ ।नेपाल र नर्वेका परराष्ट्र मन्त्रालयबीचद्विपक्षीय परामर्श संयन्त्र स्थापनागर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल सरकारकातर्फबाट समकक्षीमिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृतिदिइएको छ । सन् २०२० मा संयुक्त राष्ट्रसंघ वैशाखदिवस (United Nations International Day of Vesak)लुम्बिनीमाआयोजनागर्ने निर्णय गरिएको छ ।सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धीजाँचबुझगर्न ६ महिनाको कार्यावधि रहने गरी श्री मोहनरमण भट्टराई (झापा) को अध्यक्षतामाचार सदस्यआयोग गठन गरिएको छ । आयोगका सदस्यमाश्री जानकीवल्लभअधिकारी (संखुवासभा), श्रीमतीदुर्गा दाहाल (महोत्तरी) र श्री जगतबहादुर देउजा (सिन्धुपाल्चोक) रहनुहुनेछ ।  प्रदेश सरकारअन्तर्गत रहेका सेती राजमार्ग उत्तर खण्ड (टिकापुर–लुडे–चैनपुर–ताक्लाकोट) लाई भौतिकपूर्वाधार तथायातायतमन्त्रालयमातहतल्याई सञ्चालनगर्ने निर्णय गरिएको छ । त्यसै गरि प्रत्येक वर्ष जेठ १६ गते राष्ट्रिय महिलाअधिकार दिवस मनाउने र वर्ष २०७६ लाई लैंगिक हिंसा विरूद्धको अभियानवर्षका रूपमालिएर संघ, प्रदेश र स्थानीयतहले विभिन्नअभियानकार्यक्रम संचालनगर्ने निर्णय गरिएको छ ।प्राविधिक सहायक रथी डा. अरूण कुमार न्यौपानेको पदावधिथपगरिएको छ । स्थानीयतहका रिक्तपदमा शिघ्र पदपूर्ति गर्ने निर्णय गरिएको छ । औद्योगिकव्यवसाय ऐन, २०७३ को अनुसूची ८ मालगानी (इन्भेष्टमेण्ट) कम्पनीथपगर्ने निर्णय गरिएको छ । संघ, प्रदेश र स्थानियतहको कार्य–जिम्मेवारीमा पर्ने विकास कार्यक्रमतथाआयोजनाको वर्गिकरण तथा बाँडफाँड सम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गरिएको छ ।आयोजनाहरूको बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७६ स्वीकृत गरिएको छ ।

, , ,