सुनकोशीमा कृषी उपज प्रदर्शनि,


 लोकप्रिय समचार जेष्ठ ८ गते , सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ७ मा कृषी उपज प्रदर्शनी कार्यक्रम भएको छ । माझीबस्ती, पांग्रेटारमा साना कृषकहरुले दिगो जिविकोपार्जनको लागि जलवायु अनुकुल कृषि प्रदर्शनी मेला  भएको हो ।


मेलामा सहभागीहरुले आफ्रनो उत्पादनलाई प्रर्दर्शनिमा राखेका थिए  । कृषि जैविक विविधता प्रदर्हनि मेलामा सुनकोसि गाउपालिका बाट कृषि समुहमा आबद्ध ३१ वटा समुहहरु  सहभागि भएका थिए ।  प्रदर्शनी मेलामा लालिगुरास आत्म निर्भर बचत समुह सुनकोसि थुम्पाखर प्रथम, भएको छ । त्यसै गरि प्रतियानेगितामा के सि तरकारी कृषि समुह ठोकर्पा द्धितीय र लालिगुरास मातृ शिसु बचत समुह पांग्रेटार तृतिय भएको छ । बिजेता समुहहरुले क्रमस ७ हजार,५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरेका छन् । पहीलो , दोश्रो र तश्रो हुने बाहेक अरुसहभागि २८ समुहलाई समेत नगद एक एक हजार रुपैया प्रोत्साहन सहयोग बापत रकम  प्रदान गरीएको  थियो । कार्यक्रमको आयोजक लिवर्डका कार्यक्रम अधिकृत ईन्द्र प्रसाद पौडेलका अनुसार कृषी समुहले घटिमा ६० र वढिमा २१० सम्मका उत्पादन प्रदर्हनिमा प्रस्तुत गरेका थिए ।
यस्तै जैविक विविधता तथा वातारण संरक्षण संबन्धि गीत प्रतियोगिता पनी भएको थियो उक्त प्रतियोगितामा लालिगुरास मातृ शिसु बचत समुह पांग्रेटार प्रथम, जागरण कृषि समुह पांग्रेटार दोश्रो र सुर्योदय आत्मनिर्भर बचत समुह थुम्पाखर तृतिय भएका छन् । उनिहरुले क्रमस ३ हजार ,२ हजार र १ हजार प्राप्त गरेका छन् । ली–वर्ड,खाडीचौर, सिन्धुपाल्चोक तथा विभिन्न कृषक समूहहरूको आयोजनामा मेला आयोजना गरीएको हो । स्टलको सुनकोसि गाउपालिका अध्यक्ष श्रवण कुमार जिसि, ७ नम्बर वडाका अध्यक्ष ईस्वर तिमिल्सिना लगायत सयौं स्थानियले अवलोकन गरेका थिए । सो प्रदर्शनीमा गााउपालीकाका अध्यक्ष जिसीले स्थानीय स्तरमा हुने आयआर्जनमुलक जुनसुकै काममा पनी  सुनकोशी गााउपालीकाबाट सहयोग भइरहेको बताउँदै आगामी दिनमा पनी यस प्रकारको सहयोगमा निरन्तरता दिने बताउँनु भयो । सुनकोशी गाँउपालीकाबाट हरेका स्थानीय उत्पादनमुलक काममा सहयोग भइरहेको ले पनी स्थानीय कृषी उत्पादनमा थप उर्जा प्राप्त भएको स्थानीयहरुले बताएका छन ।


, , , , ,