तातोपानी नाका सञ्चालन पुर्ब राजदुतद्धारा अनुगमन१४गते अनुगमन हुने


लोकप्रिय समचार
सिन्धु पाल्चोक जिल्लाको तातोपानी नाका खोल्ने निश्चीत भएको छ । लामो समयको प्रतिक्षा पश्चात यसै हप्ता देखी उक्त नाका सञ्चालनमा आउँने भएको छ । नेपालका लागी चिनीया राजदुत यही जेष्ठ १४ गते उक्त नाकाको पुरै अनुगमन गरे पछी उपयुक्त भएमा १५ गते देखी नै नाका संञ्चालन  हुन सक्ने सम्भावना रहेको छ ।  पटक पटकको प्रयास पछी यो नाका पुन संञ्चालनमा आउँन लागेको हो । गत शनीबार मात्र गृह मन्त्री राम बहादुर थापा  तातोपानी भन्सार नाकामा गइ नाका संञ्चालनका लागी आबश्यक सुरक्षा ब्यबस्थ ागर्न  निर्देशन दिनुका साथै नाकाबाट  हुन सक्ने अबैध गतीबिधीलाइ कढाइका साथ नियन्त्रण गर्न सुरक्षा निकायलाइ कडा निर्देशन दिनु भएको थियो ।

त्यस पछी लगत्तै राजदुत  नाकाको अनुगमन गर्न लाग्नु ले नाका खोल्ने निश्चीत भएको छ ।  नाका खोल्ने बिषयमा  सिन्धु पाल्चोक जिल्लाका  प्रमुख जिल्ला अधिकारी गोमा चेम्जोङ्गले  नाका खोल्नका लागी भन्सार , सुरक्षा , र अध्यागमनबिभागका आबश्यक कर्मचारी हरु आइ सकेको र त्याँहा कार्यलयहरु समेत खुली सकेको  बताउँनु भएको छ । उँहाले सुरक्षा देखी लिएर हरेक ब्यबस्था मिलाइ सकेको छ । अब नाका आधिकारिकरुपमा सञ्चालन गर्न मात्र बाँकी रहेको छ यो पनी सम्भवत यही हप्ता  नाका संञ्चालन हुने छ भन्नु हुँदै त्यसका लागी आफुहरुबाट हुन पर्ने र गर्न पर्ने कुनै पनी काम बाँकी नराख्ने बताउँनु भयो ।  बार बिसे नगरपालीकाका प्रमुख निमफुन्जो शेर्पाले लामो समय देखी नाका सञ्चालनमा नआउँदा भएको शुन्यतालाइ बिस्तारै   ब्यबसायीक चहल पहल  शुरु भएको र यसलाइ  भुकम्प गएर नाका बन्द हुनु पुर्बवत स्थिीतीमा लानका लागी नगरपालीकाले  गर्न पर्ने सम्पुण सहयोग गर्ने बताउँनु भयो ।

त्यस्तै भोटेकोशी गाँउपालीकाका अध्यक्ष राजकुमार पौडेलले  लामो समय सम्म रोकीएको नाका पुन संञ्चालनमा आउँन लागेकोमा आफु लगाएत सम्पुर्ण गाँउपालीका हर्षीत रहेको र यस कार्यमा पहल गर्ने सबैलाइ बिषेस धन्यबाद दिनु भयो ।  चीन जोड्ने उत्तरको मुख्य व्यापारिक तातोपानी नाका चार वर्षदेखि बन्द रहेको थियो  नाका सञ्चालनमा ल्याउन दुवैतर्फका सरकार अन्तिम तयारीमा जुटेका छन् । व्यापारिक कारोबारसहित नाका सञ्चालनमा ल्याउन लागिएको उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता नवराज ढकालले बताउनु भयो । चीन सरकारले तातोपानी सुक्खा बन्दरगाह लगायत पुनर्निर्मित भौतिक संरचना हस्तान्तरण गरेकै दिनबाट व्यापारिक कारोबारसहित नाका सञ्चालनमा आउने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चीन सरकारको सहयोगमा निर्मित बन्दरगाहबाट व्यापारिक कारोबार सञ्चालनमा आउनेछ । २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका बन्द रहेको अबस्थामा २०७३ असारको भोटेकोशी बाढीले नाकाको भौतिक संरचना क्षतिग्रस्त बनाएको थियो । त्यसपछि नाका तत्काल पुनः सञ्चालनमा आउनेमा आशंका बढाएको थियो । 
लामो समय बन्द रहे पनि हाल आंशिक रुपमा मात्र नाका सञ्चालनमा ल्याउन लागिएको छ । केही काम बाँकी भएकाले नाका पूर्ण रुपमा सञ्चालनमा आउन अझै केहि समय लाग्ने भए पनि लामो समयदेखि बन्द नाका खुलेको सन्देश दिन तत्काललाई आंशिक सञ्चालनमा ल्याउन लागिएको हो । आउँदो असार ५ गतेदेखि भने नाका पूर्ण रुपमा सञ्चालनमा आउनेछ । हालको तातोपानी भन्सारको झण्डै ६ किलोमिटर तल लार्चामा बनेको बन्दरगाहबाट व्यापारिक कारोबार सञ्चालनमा आउनेछ । नेपालको पाँचौं यो बन्दरगाह नेपाल–चीन सीमा नाकाको भने पहिलो हो । यसअघि काँकडभित्ता, भैरहवा, वीरगन्ज र विराटनगरमा सुक्खा बन्दरगाह सञ्चालनमा छन् । चीन सरकारको करिब एक अर्ब २० करोड रुपैयाँ (८.६२ करोड युआन) सहयोगमा करिब ९० रोपनी क्षेत्रफलमा अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुरुपको बन्दरगाह बनेको छ । संरचनाको हस्तान्तरणको दिन ऊन पठाएर नाका खुलेको सन्देश दिने तयारीमा चीन जुटेको छ । लिपिङ बजारदेखि बन्दरगाह स्थलसम्मको अरनिको राजमार्ग स्तरोन्नति, बन्दरगाह पुग्न भोटेकोसी नदीमा मोटरेबल पुल र बन्दरगाह निर्माण कार्य एकै प्याकेजमा चीन आफैंले गरेको हो । बन्दरगाहमा भन्सार कार्यालय, पशु र कृषि क्वारेन्टाइन, गोदाम घर, जाँचपास यार्ड, चेक पोस्ट, बैंक र  आवाससहितको संरचना छन् । १५८ ठूला कन्टेनर राखेर जाँचपास गर्न सकिने क्षमताको गोदाम घर बनेको छ । ६० देखि सय मेट्रिक टन सामग्री एकैपटक तौलिने यन्त्र बन्दरगाहमा रहको छ ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.