बलेफीमा र मेलम्चीमा दुर्घटना २को मृत्यु


लोकप्रीय समचार
मेलम्चीमा ट्र्रक र बलेफीमा बसकाकारण छुट्टा छुट्ै ठाउँमा २को ज्यान गएको  छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बाट नवलपुर जाँदै गरेको ट्रकबाट खसेर एक जनाको ज्यान गएको छ । मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का  ६४ वर्षीय  शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको पछाडि बसेर जन्तीबाट घर फर्कने क्रममा खसेर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो । सवारीसाधन र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।  सिन्धुपाल्चोक जिल्लाको बलेफीमा बसले स्कुटरलाई ठक्कर दिँदा बाह्रबीसे नगरपालिकावडा नं७ का विजय श्रेष्ठ को मृत्यु भएको छ।   बाह्रबीसेतर्फबाट काठमाडौं जाँदै गरेको बा३ ख ९३४ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको बा ७त २ प ९०२४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घटनास्थलमै स्कुटरमा सवार श्रेष्ठको मृत्यु भएको हो । बस र बस चालक निर बहादुर तामाङ्गलाई नियन्त्रणलाई लिई थप अनुसन्धानका लागी जिप्रका पठाइएको  ट्राफिक कार्यालय सिन्धुपाल्चोकको प्रहरी नायव निरीक्षक गोकर्ण नेपालले जानकारी  दिनु भयो । यो समचार तैयार गर्दा सम्म सडक अबरुद्ध भइरहेको छ ।



,
Lokpriyasamachar@. Powered by Blogger.