ऐतीहासिक रानीपोखरीको मर्मत शुरु



लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको पर्यटकीय स्थलको रुपमा रहेको रानी पोखरीको मर्मत कार्य शुरु भएको छ ।


चौतारा साागाचोकगढी नगरपालीका वडा नं ८ मा रहेको एतीहासिक रानीपोखरी महाभुकम्प २०७२काकारण संरचना समेत भत्कन गइ पानीको मुल सुकेको थियो । प्रत्येक बर्ष जनैपुर्णीमाको दिन एैतीहासिक मेला लाग्ने उक्त स्थानमा भएको पानीको मुल खोज्ने कार्य भइ रहेको छ । यस बर्ष चौतारासाँगाचोकगढी नगरपालीका  वडा नं ८को आर्थीक सहयोगमा  पुरीएको पोखरीलाइ पाँच फिट गहिरो खनेर पोखरीको निर्माण गरिने कार्यक्रम रहेको छ । यस कार्यमा वडा अध्यक्ष तिर्थ बहादुर श्रेष्ठ र समाजसेबसी  प्रेम दंङ्काल लगाएतका ब्यक्तीहरु खटिरहनु भएको छ ।
आगामी बर्ष सम्भब भए सम्म पुरानो मुलको खोजी गर्नै र सम्भब नभएको अबस्थामा बोरिङ्गगरेर भए पनी पुर्बवत स्थितीमा पोखरीको बिकाश गरिने वडा नं ८को अध्यक्ष तिर्थ बहादुर श्रेष्ठले बताउँनु भयो । सिन्धुपाल्चोक जिल्लाकै ऐतिहासिक तिर्थ स्थलको रुपमा रहेको रानीपोखरी बिकाशका लागी नगरपालीकाले चासो देखाए पछी स्थानीयहरु खुशी भएका छन ।

, , , ,