हेल्पिङ ह्यान्ड नर्वे संस्थाद्वारा १ लाखको सहयोग



सन्तोष भण्डारी लोकप्रियसमचार
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्थित श्री वेत्रेश्वरी आधारभुत विद्यालयलाइ रु एक लाख रुपैया सहयोग प्राप्त भएको छ ।

हेल्पिङ ह्यान्ड नर्वेले गरेको उक्त रकमबाट  गरिब तथा जेहेन्दार ३७ जना छात्र तथा छात्राहरुलाई आबश्यक शैक्षीक सामाग्री हरु  बितरण गरिएको छ । उक्त रकमबाट विद्यालयले पोशाक तथा स्टेशनरी सामान खरिद गरी विद्यार्थीहरुलाई  बितरण गरेको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सोमबहादुर कार्कीले बताउँनु भयो  ।
सहयोगको सामान पाउँदा विद्यालयका विद्यार्थी तथा अभिभावकहरु निक्कै नै हर्षित हुँदै हेल्पिङ ह्यान्ड नर्वे संस्थाले आफ्ना बालबालीकाहरुलाइ यसरी सहयोग गरेर बिक्षाबिकाशमा सहयोग गरेको  हुँदा यस तर्फ सहयोग गर्नु हुने सम्पुर्ण टिमलाई धन्यवाद दिएका थिए ।
उक्त सामान वितरण कार्यक्रम पश्चात विद्यालयका प्रधानाध्यापक दिपक नेपालले हेल्पिङ ह्यान्डका अध्यक्ष कृष्ण श्रेष्ठ सहित उहाँको सम्पुर्ण समुहलाई  बिशेष  धन्यवाद दिँदै आगामी दिनहरुमा पनि हेल्पिङ ह्यान्ड नर्वे संस्थाबाट सहयोग पाईराख्ने अपेक्षा व्यक्त गर्नुभयो ।  हेल्पिङ ह्यान्ड नर्वे संस्थाले रु १ लाखको सहयोग गरेको थियो । उक्त संस्थाले  सिन्धुपाल्चोकमा शिक्षा स्वास्थ्य लगाएत बिभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.