समयसंगै गन्धर्व समुदायका पेशाहरु परिर्वतन हुन थाले


अनोज थारु, बाँसगढी बर्दिया, बैशाख २७ गते
लोकप्रिय समचार बर्दियाको बढैयाताल गाँउपालिका वडा नं ४ मा ८०।८५घर गन्धर्व समुदायको बस्ति छ । पहिले एक ठाँउको गतिबिधिलाई सारङगी बजाउदै गितको माध्यमबाट अर्को ठाँउमा सुनाउदै हिड्ने गन्धर्व समाज अहिले हरेक क्षेत्रमा आँफै पछि पर्न थालेको छ ।





बाउ बाजेको पालामा गाँउ गाँउ÷घर घर हिडेर सारङगी बजाउदै गित सुनाउने कला धेरै राम्रो भएपनि समय परिर्वतन संगै अव उपयुक्त नभएको स्थानीय युवा गणेश गन्धर्वले बताउनु भयो । साथै अहिलेको अवस्थामा गन्धर्व समाजको कला संस्कृति संरक्षणको निम्ति क्लव अथवा समूह दर्ता गराएर संरक्षण गर्नु पर्ने गणेश गन्धर्वको भनाइ रहेको छ । पहिले गन्धर्व समुदाय स्थानीइ रुपमा बासोबास नगरेर अस्थाइ रुपमा परिवारै लिएर बासोबास गर्ने गर्थे । यो चलनले गर्दा अहिले गन्धर्व समुदायका युवाहरुमा धेरै समस्या परेको छ । बाउ बाजेहरुले अस्थाइ रुपले बसोबास गरेको कारण आँफुहरु पढ्न लेख्न नपाएको स्थानीय युवा गगन गन्धर्वले बताउनु भयो ।
अहिले हातमा न सिप छ, नढाई छ । पढाई नभएको कारण नजिकै रहेको कम्पनीमा लेवर काम समेत नपाएको गगन गन्धर्वले दुखेसो पोख्नु भयो । २०५२ सालमा नेपाल सरकारले प्रतिपरिवारलाई २ कोठाको घर र ब्यक्ति पिछे १÷१ कट्ठा जग्गा दियो । तर परिवारको संख्या बढेपछि अहिले गाँस, बास र कपासको आवश्यताले गर्दा भारतको डिल्ली जाने गरेकोे गगन गन्धर्वले बताउनु भयो । गन्धर्व समुदायका युवाहरु धेरै जसो कामको सिलसिलामा भारत पलाएन हुने गरेका छन् । भने युवतीहरु सानै उमेरमा बिवाह गरेर बस्ने गरेका छन् । बढैयाताल गाँउपालिकाका उपाध्यक्ष दिपाकुमारी गौतमले नेपाल सरकारले भुमिहिनहरुको लागि छुट्टै कानुन बनाएर स्थानीय सरकारलाई हस्तान्त्रण गरेपछि गन्धर्व समुदायको बसोबासको ब्यवस्था गर्ने बताउनु भयो । साथै गन्धर्व समुदायको आर्थिक बिकास माथि उकास्नको लागि यो बर्ष घरेलु उद्योगबाट आएको बजेट त्यही ४ नम्बर वडामा पारेको उपाध्यक्ष गौतमले बताउनु भयो । तर ४ नम्बरका वडा अध्यक्ष कर्ण बहादुर थापाले यो बर्ष गन्धर्व बस्तिमा सहरी बिकास कार्यक्रम बाट १ करोड बजेट परेकोले घरेलु उद्योगबाट आएको बजेट सिक्त्ती रेहर बस्तिमा पारको बताउनु भयो । गन्धर्व बस्तिमा यो बर्ष १ किलोमिटर बाटो पिच, ढल निर्माण र २२ वटा घर निर्माण भैरहेको वडा अध्यक्ष थापाले बताउनु भयो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.