कानून समाजले ग¥यो नयाँ विधायकमाथि अन्तक्र्रिया


लोकप्रिय समचार नेपाल कानून समाजले  संघ,प्रदेश र स्थानीय तहविचको अन्तरसम्बन्ध ब्यबस्थित गर्र्ने सम्बन्धमा बनेको विधेयकमाथि जिल्ला स्तरीय सरोकारवाला बीच अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।

  राष्ट्रिय सभाका सदस्य एवं विधायन समितिका सदस्य थगेन्द्रप्रकाश पुरीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री रमेश लेखकले प्रस्तावित विधेयकको बारेमा कार्यपत्र पेश गर्नु भएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै पूर्व मन्त्री एवं कानूनबेत्ता लेखकले विधेयकमा  समेटिएका विषय बस्तु, सो को विशेषता , समेटिएका महत्वपूर्ण ब्यबस्थाहरु, कानुन नीति तथा योजना तर्जुमा गर्दा विचार गर्नु पर्ने कुराहरु, राष्ट्रिय समन्वय परिषद सम्बन्धि व्यबस्था, सो परिषदको काम कर्तब्य अधिकार, प्रदेश तथा स्थानीय तह र अन्तर स्थानीयतह बीचको विबाद सम्वन्धि विषय र सुधारका लागि सुझाव समेत राख्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य अनिता देबकोटा, सिंहबशादुर वि.क., जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपाल, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रबणकुमार जि.सी, उपाध्यक्ष लक्ष्मी पौड्याल, नेकपाका प्रतिनिधि यज्ञ सापकोटा, नेपाली कांग्रेसका प्रतिनिधि विलबहादुर तामाङ, कार्यालय प्रमुखहरु, कानून व्यबसायी, संचारकर्मी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रम नेसनल डेमोक्रेटिभ ईन्सिच्युट तथा यूयस्एआईडीको सहयोगमा सम्पन्न भएको हो  ।

, , , , ,