सगरमाथामा श्वेता श्री फाउण्डेशन
लोक प्रिय समचार ’गिनिज’ बुकमा नाम लेखाउन सफल नेपाली सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पाले श्वेता श्री फाउण्डेशनको संस्थागत लोगोसगरमाथाको चुचुरोमा फहराइदिनु भएको छ । शेर्पाले लोगो अंकित ध्वजालाई सगरमाथाको चुचुरोमा फहराएको हो ।
भन्दै शेर्पाले “ स्वर्गिय श्रीकृष्णकी पत्नी श्वेता खड्काले माझी बस्ती बनाएरसरकारले गर्नु पर्ने कामलाई आफुले अंङ्गाल्नु भएको छ । एउटी नारीले नमुनाबस्ती बनाउन जुन किसिमको हिम्मत गरिन त्यो हिम्मतलाई हामीले कदर गनुपर्छ, उँहाकै हिम्मतको कदर गर्दै मैले सो संस्थाको नामलाई सगरमाथा को
चुचुरोमा पुर्याएको हुँ भन्नु भयो । “सामाजिक काम गर्नु भनेको हिमाल चढ्ने काम भन्दा पनि कठिन भएको बताउँदैआरोही शेर्पाले हिमाल चढ्दा खुट्टा तान्नेहरुको संख्या कम हुने तर
सामाजिक काममा खुट्टा तान्नेहरु धेरै हुने भएकोले नायिका श्वेता खड्काले हिमाल चढ्ने भन्दा पनि कठिन काम गरिरहेको बताउं सबै क्षेत्रबाट नायिकाखड्कालाई प्रोत्साहित गर्नु पर्ने बताउँनु भयो ।
नायिकाखड्काको प्रशंसा गर्दै उहाँले भन्नु भयो “ श्वेताले यही कठिन काम गरिरहनुभएको छ ।जस्लाई हामीले तारिफ गर्नु पर्छ र हौसला प्रदान गनु पर्छ। “नायक श्रेष्ठको निधन हुंदा आफु बिदेशमा रहेको र प्रत्यक्ष रुपमाश्रद्दान्जली दिन नपाएकोमा आफुलाई ग्लानी महसुस भएको बताउँदै आरोहीशेर्पाले आफ्नो हितैशी मित्रको स्मृतिमा स्थापितश्वेताश्रीफाउण्डेशणकोनामलाई संसारकै अग्लो शिखरमा पुर्याउन पाउँदा गर्वको महसुस भएको बताउनु भयो ।स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठको स्मृतिमा नायिका श्वेता खड्कालेस्थापना गरेको श्वेता श्री फाउण्डेशनले यतिखेर सिन्धुपाल्चोक जिल्लाकोचौतारा सांगाचोक गढी नगरपालिका वार्ड न १४ का ५३ घर भुकम्प पिंडित माझीपरिवारको लागि एकिकिृत बस्ती निर्माण गरिरहेको छ । हाल सम्म ५३ वटाघरहरु निर्माण गरिसकेको सो फाउण्डेशनले अन्य भौतिक पुर्वाधारहरु जस्तैसामुदायिक भवन, बाल बगैंचा, स्वास्थ्य चौकी, रोड, नाला, वाटर फाउन्टेनलगाएतका अन्य संरचनाहरु निर्माण गर्न योजना अनुरुप आवश्यक आर्थिक सहयोगसंकलनको अभियानमा जुटी रहेको अभियान्ता यज्ञराज कार्कीले जानकारी दिनु भएको छ ।