सभामुखको कदमलाइ काँग्रेसको स्वागत



लोकप्रिय समचार
नेपाली काँगे्रसले  सभामुखले प्रतिनिधी सभामा प्रधानमन्त्रीबाट बोलेको शब्दलाइ रेकर्ड बाट हटाउँने निर्देशन दिएकोमा  स्वागत गरेको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड द्धारा जारी बिज्ञेप्तीमा उक्त कुरा जनाइएको छ बिज्ञेप्तीमा , गत बैशाख २४ गते बसेको प्रतिनिधिसभा बैठकमा नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथि छलफल पश्चात प्रतिनिधि सभाका माननीय सदस्यहरुले सम्माननीय प्रधानमन्त्रीलाई सोधेको प्रश्नको जवाफ दिने क्रममा संसदीय मर्यादालाई वेवस्ता गरी प्रधानमन्त्रीद्वारा प्रयोग भएका संसदको गरिमा घटाउने, गैर संसदीय एवं अमर्यादित शब्दहरुलाई संसदको रेकर्डबाट हटाउन प्रतिनिधिसभाका सम्माननीय सभामुखले आज बसेको संसद बैठकमा रुलिङ गर्नु भएको छ, यसले संसदको गरिमा जोगाउने कार्य गरेको छ । जनताबाट निर्वाचित प्रतिनिधिहरुलाई गरिमामय संसदमा गैर संसदीय र अमर्यादित भाषा प्रयोग गरी संसदको गरिमा समेतलाई घटाउने खालका भाषाको प्रयोग प्रधानमन्त्रीले गर्नु भएको कारणले संसदको बैठकमा असहजताको स्थिति उत्पन्न भएको थियो । यसको नैतिक जिम्मेवारी प्रधानमन्त्रीले लिनु पर्दछ । नेपालको संसदीय परम्परमा प्रधानमन्त्रीद्वारा नै संसदमा अमर्यादित र गैर संसदीय शब्दको प्रयोग पहिलो पटक भएको छ । ऐतिहासिक रुपमा पहिलो पटक प्रधानमन्त्रीले बोलेका शब्दहरुलाई संसदको अभिलेखबाट हटाउन सभामुखले आदेश जारी गर्नु परेको छ । यस्तो इतिहास फेरी नदोहोेरियोस् । संसदको गरिमा र मर्यादा कायम राख्न सबै गम्भीर बनौं ।  २७गते जारी बिज्ञेप्ती भनीएको छ ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.