चौताराले गर्यो२०७६÷७७ को निती र कार्यक्रमको सुझाब संङ्कलन



लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाको २ वर्षको कार्य तथा उपलब्धि सार्वजनिक तथा २०७६÷७७ को निती र कार्यक्रम सम्बन्धमा सुझाव संकलन कार्यक्रम सोमबार चौतारामा सम्पन भएको छ ।

कार्यक्रमको उद्धघाटन गर्दै  पुर्ब मन्त्री माननीय शेर बहादुर तामाङ्गले बिगतका दिनहरुको अनुभब लाइ मध्यनजर राख्दै  जनताका मागलाइ सम्बोधन हुने खालका काकार्यक्रम योजना  छनौट गर्न सके मात्र बास्तबिकतामा स्थानीय सरकारले काम गरेको देखीने बताउँनु भयो । उँहाले स्थानीय जनप्रतिनीधीहरुले स्थानीय नागरि।कहरको मागलाइ सम्बोधन गरेर बिकाश निर्माणलाइ अगाडी  बढाउान पर्ने बताउँदै चौतारा साँगाचोकगढी नगर पालीकाले गत बर्षहरुमा गरेको काम हरु प्रशंशिय रहेको बताउँनु भयो । कार्यक्रममा बिषेश अतिथी जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले माटो र बाटोलाई मात्र प्राथमिकतामा नराखि उत्पादन मुलक योजना कृषी तथा पशुपालन लगायत अरु योजनामा ध्यान दिन सुझाव दिनुभयो तामाङले चौतारा बजारमा  सास्कृतिक संग्रहालय बनाउने काम अगाडि बढाउन नगरपालिकालाई आग्रह गर्नुभयो ।
नगर प्रमुख अमान सिं तामाङले सम्बृद्ध नगरपालिका बनाउन शिक्षा स्वास्थ खानेपानी र पुर्वाधार विकासलाई गुरु योजना बनाएर अगाडि बढ्ने बताउँनु हुँदै सबैको सल्लाहमा योजना बनाउने योजना सहित नगरपालिका अगाडि बढेको बताउँनु भयो  ।उँहाले गुण स्तरिय शिक्षा प्रदान गर्नका लागी आगामी श्रावण महीना देखी नै शिक्षकहरुको तलब मासिकरुपमा उपलब्ध गराउँने घोषणा गर्नु भयो  समृद्ध नगर निर्माणमा सहयोग गर्ने नगरपालिकाका   जो सुकैलाइ पनी नगरले सधै सम्मानजनक रुपमा हेर्ने बताउँनु भयो । त्यसै गरी नगरपालिकाका उपमेयर जानुका पराजुलीले चौसागढी नगरको २ वर्षको कार्य तथा उपलब्धि प्रस्तुत गर्दै कार्यकाल निकै चुनौतीपुर्ण र नयाँ थिति बसाल्ने अवसरको रुपमा रहेको बताउनुभयो । नगरपालीकाका प्रमुख प्रशाशकीय अधिकृत इन्द्र बस्यालले स्वागत मन्तब्य राख्दै नगरपालीकाले आफेनो काम पारदर्शीताका साथ गरिरहेको बताउँदै आयआर्जनमुलक कायृमा नगरले बिशेष ध्यान दिइरहेको बताउँनु भयो । नगरको २ वर्षको कार्य तथा उपलब्धि र नगरको पाश्र्वचित्र नामक पुस्तक पनि सोहि दिन सार्वजानिक गरीएको छ ।उक्त पाश्र्वचित्रमा नगरपालिकाको सम्पुर्णकार्य तथा उपलब्धि र नगरबासिको विवरण सबै उल्लेख छ ।दुई वर्षको अवधिमा कृषि , पर्यटन र उद्यमशिलताको माध्यमबाट दिगो र विकासमा जोड, स्थानिय उत्पादनलाई प्राथमिकता दिई रोजगारी सृजना गर्ने , महिलाहरुको निजामति सेवामा प्रवेश बढाउन महिला लोकसेवा तयारी कक्षा सन्चालन  , १ वडा एक स्वास्थ्याचौकी र वर्थिङ्ग सेन्टरको विस्तार गर्ने खालका कार्यक्रमका माध्यामबाट सबै क्षेत्रमा नगरपालिकाले काम गर्दै आइरहेको नगरको  प्रगतिमा उल्लेख छ । चौतारा बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष झम्क नेपाल, सचिब दावा लामा, पुर्ब माननिय सुभाष कर्मचार्य लगायत नगरका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । 

, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.