खोप सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न


 लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्ला स्थित बारबिसे नगरपालीका होटल चण्डेश्वरीमा खोप सम्बन्धी चार दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालीका र बारबिसे नगरपालीका भित्र रहेका खोप स्वास्थ्य कर्मीहरुलाइ चार दिन सम्म आधार भुत प्रशिक्षण दिइएको हो ।  स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका जन स्वास्थ्य निरीक्षक  लक्ष्मी प्रसाद जोशीका अनुसार  खोप सेवामा संग्लग्न २ नगर पालीकाका स्वास्थ्य कर्मी हरुलाइ चार दिन सम्म  खोप सम्बन्धी आधारभुत तालीम दिइएको हो । 
तालीममा स्वास्थ्य बिभाग टेकु परिबार कल्याण महाशाखाका  खोप अधिकृत  भरत भण्डारी बिश्व स्वास्थ्य  संगठनका डा  सागर शाक्य  स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकका जनस्वास्थ्य नर्स सिता कुँबर स्वासथ्य कार्यलयका कोल्डचेन अधिकृत पुन्य श्रेष्ठ जनस्वास्थ्य अधिकृत  लक्ष्मी राज जोशी लगाएतले प्रशिक्षण दिनु भएको थियो ।