काँग्रेसद्धारा चितवन घटनाको बिरोध




लोकप्रियसमचार जेष्ठ १३गते नेपाली काँग्रेस संसदीय दलले  सुरक्षाकर्मीमाथी भएको अमानबीय ब्यबहारको बिरोध गरेको छ । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाड द्धारा सोमबार जारी गरिएको  बिज्ञेप्तीमा चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. १२ गोन्द्राङ्ग स्थित सडक वोर्डको कर संकलन केन्द्रमा डियूटीमा कार्यरत सुरक्षाकर्मी श्री कल्पना खड्का (प्रहरी सहायक निरिक्षक) माथि केही व्यक्तिले पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएको घटनामा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो अमानविय कार्यको नेपाली कांग्रेस संसदीय दल घोर विरोध गर्दछ । साथै चितवन मेडिकल कलेजमा उपचार गराई रहेकी सुरक्षाकर्मी कल्पना खड्काको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अक्रमणकारीहरुलाई आवश्यक कानूनी कारवाही गर्न र पिडित सुरक्षाकर्मीलाई उपयुक्त उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गर्दछ  भनीएको छ।