स्वस्थ बच्चा प्रतिस्पर्धा तथा शिशु स्वास्थ्य परीक्षण


लोकप्रिय समचार सिन्धुपाल्चोक सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी न.पा वडा नं ५ मा स्वस्थ बच्चा प्रतिस्पर्धा तथा शिशु स्वास्थय परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।


 उक्त कार्यक्रममा सेतो गुराँस बालविकास सेवा र नगरपालिका वडा नं ५ को संयुक्त आयोजनामा भएको थियो ।  कार्यक्रमलाई सुआहारा–२ चौतारा साँगाचोकगढी नगरपालिकाको स्वास्थ्य शाखाको प्राविधिक सहयोग रहेको थियो । शिशु स्वास्थ्य परीक्षणमा जम्मा ६ महिना देखि २ वर्ष सम्म ८२ जना ६ महिना मुनिका २०जना र २ देखि ५ वर्ष सम्मका १५ जना गरी जम्मा ११७ जनाको स्वास्थ्य परीक्षण सफल भएको थियो । कार्यक्रममा  आफ्नो वडाका कोही पनी नागरिकलाइ कुनै पनी स्वास्थ्य सेवाबाट बञ्चीत हुन नपरोस भन्दै उहाँले सुनौलो हजार दिनका बच्चालाई पोषणयुक्त आहारा खुवाउाने बच्चाको स्याहार सुसार गर्ने बेलाबेलामा स्वास्थ्य परीक्षण बच्चाको मासिक रुपमा तौल लिने र रोगसँग लड्नको लागि पुर्णरुपमा खोप लगाईयो भने भविष्यमा स्वस्थ बच्चा वा जनशक्तिको उत्पादनले देशको आर्थिक तथा विकास क्षेत्रमा उन्नती हुने कुरा उहाँले बताउनु भयो । बालबालिकालाई स्वस्थ राख्न के के गर्ने के के नगर्ने भन्ने कुरा वडा अध्यक्ष नरमान श्रेष्ठले बताउनुभयो ।  स्वास्थ्य परीक्षण पछि स्वस्थ बच्चाहरुलाई पुरस्कार समेत वितरण गरेको थियो । जसमध्ये प्रथम हुन सफल आमा विन्दा पुरीको बच्चा स्मरण पुरी भएको थियो भने सान्तवना सहित ११ जनालाई पुरस्कार वितरण गरिएको थियो ।

, , ,