महिला हिंसा न्युनिकरणको पहिलो पाइला उद्यमसिलता


लोकप्रिय समाचारजेष्ठ८गते

सुनकोशी गाउँपालिका वडा ४ सिन्धुपाल्चोकले समृद्ध गाउँपालिका निर्माणको अभियानमा पहिलो पाइला महिला हिंसा न्यनिकरण तथा महिला शसक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

वडा नं.४ को आयोजना र कारितास नेपालको सहयोगमा ८५ जना महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको हो ।  सहभागी हरुले महिलाहरुको आर्थिक सम्पन्नता ,शैक्षिक गुणस्तर,शसक्तिकरण,नेतृत्व र विकासको बाधक तत्व भनेको  लैगिंक हिसा मुख्य हो, यो पिडाबाट महिलाहरुलाई मुक्त गराउन र घरेलु हिंसा तथा सामाजिक हिंसाको सिकार हुनबाट बचाउने उदेश्यका साथ २ दिने अभिमुखिकरण तालिम सम्पन्न गरिएको हो । तालिममा सहभागिहरुलाई लैगिंक हिंसा न्युनिकरणको लागि उद्यमसिलता आजको विपल्क विषयमा स्पष्ट धारणको विकास  गरिएको छ । स्थानीय स्तरमा रहेको श्रोत,साधन र श्रमको समुचित परिचालन गर्ने सीपको विकास नुहनुले गर्दा महिलाहरु १८ घण्टा सम्म काममा व्यस्त हुदा पनि आर्थिक अभावमा नै जीविकोपार्जन गरि रहेको हुदाँ उत्पादनमुलक कार्यमा श्रम जोड्नका लागी कार्यक्रमको आयोजना  गरिएको आयोजकहरुले बताएका छन ।
कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अतिथी गाउँपालिको उप प्रमुख लक्ष्मी पौडेल रहनु भएको थियो। सभा अध्यक्ष  सुनकाशी गाउँपालिका वडा नं.४ यामुनाडाँडा को वडा अध्यक्ष देवेन्द्र खड्काले गर्नु भउको थियो भने कार्यक्रमको संचालन वडा सचिव लिला ढकाल ले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि लक्ष्मी पौडेलले  महिलाहरुले आगमी दिनमा सहकारी र समुहले बस्तुहरु उत्पादन गरे मात्र हुने बजार व्यवस्था र ढुवानीको लागि गाउँपालिकाले व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै स्थानीय स्तरमा उपलब्ध स्रोतमा आधारित उद्यमहरु स्थापना गरि एक घर एक रोजगारको कार्यक्रमहरु संचालन गर्ने  गाउँपालिकाका उघमीहरुलाइ प्रात्साहन दिदै  बजेट विनियोजित गर्ने समेत बताउनु भयो । उँहाले आफ्ना गाँउ पालीकाका कोही पनी नागरिकहरु बेरेजगार हुन नपरोस  भन्नु हुँदै स्थानीय स्तरमा उत्पादीत सामाग्री  हरुको ब्यबस्थीत गरिने योजना ल्याएको बताउँनु भयो ।
उँहाले  सिप सिक्न र काम गर्न उमेरले नछेक्ने बताउँदै सिप सिके पछी सिकेको सिपको सदुपयोग हुन पर्ने बताउँनु भयो । यसै गरि मन्तव्यकै क्रममा अडा अध्यक्षले नुमना वडाको लागि १३ वटा समुह निर्माण गरि समुहको प्रतिनीधित्वमा कृषि सुधार सहकारी गठन गरेर विद्यालय र स्वास्थ्य चौकीलाई जग्गा समेत उपलब्ध गरि तरकारी तथा गेडागुडिहरु उत्पादन सुरु गरेको जानकारी गराउनु भयो । सहकारी मार्फत समुहमा १ करोड लगानी रहेको जानकारी गराउनु भयो । वडाले महिलाहरुको विकास र सशक्तिकरणको लागि सिस्नो प्रशोधन,मखमलको जुत्ता उत्पादन,बाँस जन्य सामाग्री उत्पादन व्यवसयिक तरकारी खेति ,पशु तथा पक्षिपालनको कार्यक्रममा लगानी गर्ने बताउदै आगमी दिनमा सहकारी र समुहले वडा सँग समन्वय गरि जीविकोपार्जन सुधारको लागि ५ क्षेत्रहरुको विश्लेषण गरेर कार्यक्रम माग गर्न अनुरोध समेत गरेका छन ।तालिम प्रभावकारी र उलब्धीमुलक वनाउन कुषि सुधार सहकारीलाई व्यवस्थापनको जिम्मेवारी प्रदान गरेको थियो । तालिमको विषयबस्तु लैगिंक हिंसा न्युनिकरण तथा महिला शसक्तिकरण रहेको हुदाँ यस विषयमा सहजिकरण तथा प्रशिक्षण गर्न महिला अभियानता श्री सीता थापा र उद्यमसिलता प्रवद्र्धनको क्षेत्रमा कार्यरत गैर सरकारी संस्था महासंघ जिल्ला शाखाको कोषाध्यक्ष श्री विक्रम सुन्दासले गरेको थियो । तालिममा सहभागि भएका महिलाहरुलाइ छोरी सुरक्षित भएको समाज निर्माणका लागि आमा वुबाले लालपुर्जा उपलब्ध गराउने कुरामा तयार हुनु पर्नेमा विषेश जोड दिएको थियो । सीप,दक्षता,क्षमता र आर्थिक सम्पन्नताले नै नेतृत्व प्राप्त हुने नेतृत्व मात्र परिर्वन गराउन सक्ने कुरामा सहभागिहरुको  सिकाई रहकको कुरा तालिम सहभागिहरुले बताएका छन ।

, , ,