एकीकृत वस्ती अनुगमन








लोकप्रिय समचार
अक्सफामको सहयोगमा महिला आत्मनिर्भरता केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकामा एकीकृत वस्ती निर्माण गरिरहेको छ । नेपाल भूकम्प पुनर्लाभ तथा पुनर्निर्माण कार्यक्रमअन्तर्गत इन्द्रावती गाउँपालिका वडा नं ५ मा एकीकृत माझी वस्ती र मेलम्ची नगरपालिका वडा नं १२, थाक्लेमा एकीकृत वस्ती निर्माण भइरहेको छ ।
एकीकृत माझी बस्तीमा ३६ घर र थाक्ले एकीकृत वस्तीमा ३१ घर निर्माण गर्न लागिएको महिला आत्मनिर्भर केन्द्रका कार्यक्रम व्यवस्थापक कृष्ण गुरुङले जानकारी दिनुभयो ।
इन्द्रावती ५ को एकीकृत माझी वस्ती निर्माण कार्य अघि बढाउन पानीको अभाव भएको निर्माण समितिका अध्यक्ष शर्मिला माझीले जानकारी दिनुभयो । मङ्गलबार अनुगमनका लागि वस्तीमा पुग्नुभएका जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रतिनिधिलगायतको समूह वस्तीमा पुग्दा स्थानीयले त्यहाँका विविध समस्या राखेका थिए । गाउँपालिका अध्यक्ष तामाङले खानेपानीलगायतका समस्यासमाधान गर्दै जाने बताउनुभयो ।
मेलम्ची १२ को थाक्ले एकीकृत वस्तीमा १४ घरको छानो छाइसकिएको छ भने अरु घर बन्नेक्रममा रहेका छन् । निर्माण कार्य छिटछिटै भएकाले चाँडै नै सकिने वस्ती निर्माण समितिका अध्यक्ष खिलबहादुर तामाङले बताउनुभयो । यस वस्तीका घर करिब १२ लाख लागतमा निर्माण सम्पन्न हुनेछन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाइले एकीकृत वस्तीलाई उपलब्ध गराउने रकम छिटै उपलब्ध गराउने जानकारी दिएको छ ।

, , ,